ट्राफिक प्रहरीकाे उज्यालो अभियान

ट्राफिक प्रहरीकाे  उज्यालो अभियान

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २४, २०७६

काठमाडौं । समुदाय–प्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम साथै ट्राफिक उज्यालो अभियान कार्यक्रमबुधबार कीर्तिपुरमासम्पन्न भएको छ । 

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायवमहानिरीक्षक विश्वराज पोखरेलले समुदाय(प्रहरी साझेदारी कार्यक्रमले विकास रसुरक्षामा चासो राख्नेनागरिकलाई एकै थलोमा उभ्याउन सफल भएको चर्चा गर्नुभयो ।अन्तरक्रियामा उठेका जिज्ञासाहरूले भावी रणनीति तय गर्न सहज हुनेभएकाले आफूले सोही अनुसार स्थानीयहरूको सल्लाह सुझावलाई समेटदै,अपराधनियन्त्रण, ट्राफिक व्यवस्थापन लगायत शान्तिसुरक्षासँग सम्बन्धित योजनाहरूलागू गर्ने उहाँले बताउनुभयो । 

कार्यक्रमामा कीर्तिपुरनगरपालिकाका प्रमुख रमेश कुमार महर्जनले सुरक्षित समाज निर्माणको लागि नागरिकस्वयम सचेत भएमा मात्र सम्भव  हुने बताउनुभयो । 

महानगरीय प्रहरी वृत्तकीर्तिपुर, सामुदायिक प्रहरी सेवा केन्द्र, कीर्तिपुर र ट्याङलाफाँटकोसहकार्यमा कीर्तिपुर नगरपालिकामा सम्पन्न भएको उक्त कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरीष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, स्थानीय तहका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, विभिन्न संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।