समुदाय–प्रहरी साझेदारी कार्यक्रमको समीक्षा

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको समीक्षा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २४, २०७६

नुवाकोट । समुदाय–प्रहरी साझेदारी जिल्ला समिति नुवाकोटको आयोजनामा समुदाय–प्रहरी साझेदारी जिल्ला स्तरीय समीक्षा कार्यक्रमजिल्ला प्रशासन कार्यालय नुवाकोटको सभाहलमाबुधबार सम्पन्न भएको छ ।

उक्त अवसरमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम संचालनमा पुर्यारएको योगदानको कदर स्वरुपजिल्लाका बाह्रैवटा स्थानीय तहका प्रमुखहरुलाई प्रहरी महानिरीक्षकसर्वेन्द्र खनालको हस्ताक्षर सहितको प्रशंसापत्र वितरण गरिएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले ‘समुदाय–प्रहरी साझेदारी’कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताउनुभयो । 

कार्यक्रममानुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यक्रममा सहयोग गर्नका लागि जिल्ला प्रशासन कार्यालय तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नगरपालिकाका प्रमुखहरू, गाउँपालिकाका प्रमुखहरु,जिल्ला न्यायाधिबक्ता, जिल्ला अदालतका श्रेष्तेदार, विभिन्न सरकारी तथा गैर–सरकारी संघ–संस्थाका प्रमुख र प्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।