शेर्पा भरुवा बन्दुक सहित पक्राउ

शेर्पा भरुवा बन्दुक सहित पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २४, २०७६

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ बस्ने २० वर्षीय गुरु दोर्जे शेर्पालाई २ थान भरुवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

शेर्पाले घरमा भरुवा बन्दुकलुकाईछिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको सालको रुखमा लुकाईराखेकोअवस्थामा उक्त बन्दुक फेला पारी शेर्पालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।