मृत्युपछिको सञ्चारः अफन्तलाई खबर दिँदा अपनाउनुपर्ने सावधानी !

मृत्युपछिको सञ्चारः अफन्तलाई खबर दिँदा अपनाउनुपर्ने सावधानी !

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  दृष्टिकोण  |  पुष २५, २०७६

कुनै पनि मान्छेको अकस्मात मृत्यु भयो । मृत्युको खबर परिवार तथा आफन्तजनलाई कसरी गर्ने ? भन्ने कुरामा चिकित्सकदेखि खबर दिने ठाउँमा रहेका मानिसले अपनाउनु सावधानीको ख्याल गरिरहेका हुँदैनौँ । 

त्यसलाई चिकित्सकले कसरी लिने ? अन्य मानिसले पनि कसरी खबर गर्ने ? भन्नेबारे हामीले छलफल गरिरहेका हुँदैनौँ ।  यसले गर्दा उपचारस्थल, अस्पताल वा घरपरिवारमा विभिन्न खालका समस्या र दुर्घटनासमेत निम्त्याइरहेको छाैं । यो एउटा अत्यन्त संवेदनशील विषय भएको हुनाले यसमा व्यापक छलफल हुनु आवश्यक छ ।   

मानिसको अकस्मात मृत्यु भयो वा दुर्घटना भयो र त्यो दुर्घटनामा श्रीमान बित्यो र श्रीमती सिकिस्त अवस्थामा घाइते भएर अस्पतालमा भर्ना गरेर राखेको अवस्थामा उसलाई भन्ने कि नभन्ने ? के गर्ने ? भन्ने कुरा एकदमै ख्याल गर्नुपर्ने पाटो हो । 

त्यस्तो अवस्थामा कसरी भन्ने ? एक्कासि भन्दा के हुन्छ ? समान्यतया हाम्रो समाजमा मृत्यु भएको कुरा हत्तपत्त सुनाउनुहुँदैन अर्थात् नभन्ने भन्ने मान्यता छ । वास्तवमा यो गलत मान्यता हो । 

कहिलेकाहीँ केसम्म देखिएको छ भने आमाको मृत्यु भइसक्यो । परिवारका अन्य सदस्य धर्मसंस्कारअनुसार मृत्यु संस्कार गर्न थाल्छन् । त्यो सबै देख्दादेख्दै पनि तर त्यही परिवारका कुनै एक सदस्यले आफ्नी ‘आमा बित्नुभएकै छैन ? यहाँ नआउनुभएको मात्र हो । कतै आफन्तकहाँ गएर बस्नुभएको छ । उहाँले मलाई माया गर्नुहुन्छ’ भन्नेजस्ता कुरा भनेर सम्पूर्ण रूपमा ढाकछोप गरिरहेको हुन्छ । 

यस्तो विषयको खबर जति छिटो सुनायो, त्यति आफन्तलाई सजिलो हुन्छ । तर, समान्यतया हामी भन्दैनौँ, भन्नुहुँदैन भनेर मनमा लागेका कुराहरू वा वेदनाहरू बाहिर निस्कन दिने कुुराबाट बञ्चित गरिरहेका छौँ । 

हो, यस्तो अपर्झट सुनाउँदा आफन्तले कुनै खालको प्रतिक्रिया जनाउन सक्छ । समयमा खबर गर्ने भन्दाभन्दै पनि केही सावधानी अपनाउनुपर्छ । खबर सुनाउँदा पनि त्यसलाई भूमिका बाँधेर सुनाउनुपर्छ । 

एकैचोटि भन्नेवित्तिकै वा बित्यो भन्नेवित्तिकै उसले एउटा ‘रियाक्सन’ गर्छ नै उसको आफन्त ऊबाट छुटिरहेको हुन्छ र त्यस कुरालाई ‘एक्सेप्ट’ गर्न उसलाई गाह्रो भइरहेको हुन्छ । यो स्वाभाविक पनि हो ।  

कोही मान्छे बित्यो भन्दाखेरि ‘सक्ड एण्ड डिनाएड’ भन्छौँ हामी त्यसलाई । ‘सक्ड’ हुन्छ  मात्र होइन होला ! हिजो मात्र मैले भेटेको, हिजो मात्र कुरा गरेको’ भन्ने हुन्छ । त्यस्तो केही पनि नभएको मान्छेका बारेमा अपर्झट ‘बित्यो’ भन्दाखेरि होइन होला ? भनेर उसले त्यसअनुसार लिइरहेको हुन्छ । 

त्यो भनेको ‘नर्मल प्रोसेस’मा जाँदाखेरि केही मिनेटदेखि लिएर केही घण्टा हुँदै केही दिनसम्म त्यो अवस्था रहिरहन सक्छ ? उसको दिमागमा । उसलाई केही समयपछि विस्तारै अलिकति समय पाएको भए केही गर्न हुन्थ्यो कि ? केही गर्न सकिन्थ्यो कि ? बेलामा उपचार भइदिएको भए ठीक हुन्थ्यो कि ? भन्ने  विषयतर्फ ध्यान जान थाल्छ ।  

त्यस्तो अवस्थामा ऊ डिप्रेसनमा जाने पनि संभावना हुन्छ । रुने, चिच्याउने, कराउनेजस्ता क्रियाकलापहरू देखाउन सक्छ । त्यस्तो बेलामा एक खालको आक्रोश पनि निस्कन्छ । त्यसले गर्दा डाक्टरलाई गाली गर्ने, राम्रोसँग उपचार हुँदाहुुँदै उपचारमा हेलचेक्र्याइँ गरेको भन्ने या दुर्घटना भएको भए बाटोमा ड्राइभरलाई गाली गर्ने गर्छन् । 

अरूलाई गल्ती देखाउने र आक्रोश पोख्नेजस्ता कार्य गर्न सक्छन् ।  त्यसले गर्दा बढी रिसाउने, झगडा गर्न खोज्नेजस्ता पक्ष आउन सक्छन् । यो भनेको ‘डिप्रेसन’मा आउनुभन्दा अगाडि र अन्ततः ‘फाइनल्ली एक्सेप्ट’ गर्ने ठाउँमा पुग्छ । यो एउटा प्रक्रिया हो ।

परिवारलाई अथवा अन्यलाई सुनाउँदा कसरी सुनाउने ? भन्ने कुरा एकदमै ख्याल गर्नुपर्ने हुन्छ । यो भनेको एकदमै संवेदनशील कुरा हो । यति हुँदाहुँदै मानिसको मृत्यु भएको खबर  जति चाँडो सुनाउन सक्यो, त्यति नै राम्रो हो । किनभने दुर्घटना भइसकेको छ । त्यो मान्छेको मृत्यु नै भइसकेको छ । 

उसको मृत्यु भएको कुरा स्वीकार गर्ने अवस्थामा आउनका लागि पनि चाँडो सुनाउन जरुरी छ । हाम्रो समाजमा कोही मान्छेको मृत्यु भयो भने सबै जना इष्टमित्र जम्मा हुन्छन् । उसलाई घाटमा लैजानका लागि आफन्त र छरछिमेक भेला हुन्छन् । 

त्यो प्रक्रिया नै धेरै राम्रो छ । जुन प्रक्रिया हुन्छ, त्यसले गर्दा उसलाई मृत्युलाई सहज रूपमा लिन सजिलो हुन्छ । आफन्तले रुन पाउँछन् । उनीहरूले ‘एक्सेप्ट’ गर्न पाउँछन् र सबैले साथ, सहयोग गरेको जस्तो महसुस हुन्छ । त्यसैले गर्दा उनीहरूलाई भन्दा सजिलो हुन्छ ।

त्यसैले आफन्तजन, मिल्ने मान्छेहरू, सबै जनाले भूमिक बाँधेर कुरा गर्नुपर्ने हुन्छ । ‘दुर्घटना भएको ठाउँमा अवस्था चिन्ताजनक हुदाँहुँदै पनि हामीले उपचार गर्न ल्यायौँ तर हामीले बचाउन सकेनौँ र उहाँको देहान्त भएको हो’ भन्ने कुरा हामीले भन्न सक्नुपर्छ । आफन्तलाई ‘कन्फ्युजन’मा राख्नु हुँदैहुँदैन । त्यसो गर्न सकेको खण्डमा उसको अपेक्षा फेरिन्छ । उसले एक पटक भेट्ने कुरा गर्न थाल्छ । उसले भेट्न मात्र होइन, देख्न पाउनुपर्छ, छुन पाउनुपर्छ, सुमसुम्याउन पाउनुपर्‍यो । 

मृत्यु भएकाको मान्छेसँग बसेर उसले अन्तिम इच्छा राख्ने अवसर दिनुपर्छ । जीवित हुँदा नै कसैले आँखा दान वा शरीरको कुनै अंग दान गर्न खोजेको थियो कि ? भनेर आफन्तलाई प्रोत्साहन गर्नुपर्ने कुरा गर्नुपर्‍यो । 

किनभने हामीले उसका लागि गर्ने भन्दा बढी गरेको सन्देश घरका मान्छेहरूलाई दिन जरुरी छ । यसरी हेर्दाखेरि हामीले उनीहरूलाई कसरी व्यवस्थित रूपमा ‘एक्सेप्टेन्स’को अवस्थामा ल्याउने हो, त्यही गर्नसक्नुपर्छ । 

यसरीे उसलाई भूूमिका नबनाई सुनाइदियो भने मृत्यु भएको कुरा पत्यारमा आउँदैन । ‘होइन होला ? मरेको छैन होला ? नभएको कुरा गर्दै छौ । हुनै नसक्ने कुरा हो’ भन्न थाल्ने हुन्छ । 

आफन्तको मृत्युमा ‘नरोऊ’ भन्दा पनि जति सक्दो ‘रोऊ’ भनेर छाडिदिनुपर्छ । रोएपछि उसलाई हल्का हुन्छ । बच्चालाई पनि त रुवाएपछि शान्ति हुन्छ नि ! त्यस्तै त हो नी !  रोयो भने आफूभित्रका पीडाहरू, कुण्ठाहरू बाहिर निकाल्न सकिन्छ । पीडा जति बाहिर निस्क्यो, त्यति पीडितलाई सजिलो हुन्छ ।

कहिलेकाहीँ केसम्म देखिएको छ भने आमाको मृत्यु भइसक्यो । परिवारका अन्य सदस्य धर्मसंस्कारअनुसार मृत्यु संस्कार गर्न थाल्छन् । त्यो सबै देख्दादेख्दै पनि तर त्यही परिवारका कुनै एक सदस्यले आफ्नी ‘आमा बित्नुभएकै छैन ? यहाँ नआउनुभएको मात्र हो । कतै आफन्तकहाँ गएर बस्नुभएको छ । उहाँले मलाई माया गर्नुहुन्छ’ भन्नेजस्ता कुरा भनेर सम्पूर्ण रूपमा ढाकछोप गरिरहेको हुन्छ । 

परिवारका सदस्यले नै आमा बितेको छ भनेर भन्दा पनि मेरो आमालाई त्यस्तो भन्ने ? भनेर भनेको हुन्छ । तर, त्यस्तो दिमागमा एकदमै गडेर बस्न सकेका कारण ‘डिप्रेसन’मा नै पुग्ने अवस्था हुन सक्छ । 

त्यसै कारणले आफन्तको लास छुवाउने र देखाउने गर्नुपर्छ । हाम्रो परापूर्वकालदेखि घाटमा मृत्यु भइसकेको मानिसलाई पानी खुवाउने चलन चलाइएको हो । अर्थात् हामी हरेक क्रियाकर्म गर्ने कुराहरूमा चितामा राख्नुभन्दा अगाडिका कुराहरू गर्ने चलन छ । ती सबै कुराहरू गर्न दिनुपर्छ । 

पहिला पहिला महिलाहरूले लास हेर्नुहुँदैन, मसानघाटमा जानुहुँदैन भन्ने चलन थियो तर त्यसलाई आत्मसात् गर्न उसलाई त्यो कुरा स्वीकर गर्नका लागि यी सबै कुराहरू गर्न दिनुपर्छ । त्यो गर्नाले उसलाई सहज हुन्छ ।

सेतो लुगा लगाउने, कपाल काट्ने, श्राद्ध गर्ने, हरेक दिनका क्रियाकर्महरू गर्नेजस्ता रीतिरिवाजहरूमा सरिक गराउनुुपर्छ ।  हाम्रो धर्म संस्कृतिका कुराहरू गर्ने जुन तरिकाहरू छन्, ती अति नै वैज्ञानिक छन्, जसले मृत्युको कुरालाई स्वीकार गर्न सजिलो बनाउँछ । 

सेतो लुगा लगाउने, अलग्गै बस्ने, अलग्गै खाने, एक्लै बस्ने आफैँ पकाएर खानेजस्ता कुराले गर्दा त्यसलाई ‘एक्सेप्टेन्स’मा ल्याउनलाई सजिलो हुन्छ । धार्मिक रूपमा पनि हो र अर्को ‘पार्ट’मा तत्काल हुँदाखेरि हामीले वातावरण तयार गर्नुपर्ने हुन्छ ।

चाँडो नसुनाउँदाका असरहरू हुन सक्छन् । कुनै व्यक्ति ‘डिनायल’ पनि हुन सक्छ । उसले कुनै पनि क्रियाकर्महरू नगर्ने हुन्छ तर त्यो कुरा उसले कुनै न कुनै दिन थाहा पाउँदा त्यो जस्तो अर्को ठूलो पीडा केही पनि हुँदैन उसका लागि । 

उसको आत्मालाई शान्त पार्नुपर्ने जुन तरिकाहरू हामीले गर्छौं,  श्राद्ध गर्ने कुराहरू, जुन हरेक दिन हुन्छन्, त्यो गर्न नपाउने भयो । परिवारलाई पश्चात्ताप हुने भयो । त्यसले झनै अर्को मानसिक समस्या निम्त्याउन सक्ने संभावना हुन्छ । 

सिकिस्ता बिरामी भएर बसेको होला, घाइते भएको अवस्थामा त्यस्तो हुँदा गाह्रो हुन सक्छ । त्यसैले तत्कालै उसलाई सुनाएर सम्झाएर चाँडोभन्दा चाँडो घटनालाई ‘एक्सेप्टेड’ गराउनुपर्छ । 

आफन्तको मृत्युमा ‘नरोऊ’ भन्दा पनि जति सक्दो ‘रोऊ’ भनेर छाडिदिनुपर्छ । रोएपछि उसलाई हल्का हुन्छ । बच्चालाई पनि त रुवाएपछि शान्ति हुन्छ नि ! त्यस्तै त हो नी ! 
रोयो भने आफूभित्रका पीडाहरू, कुण्ठाहरू बाहिर निकाल्न सकिन्छ । पीडा जति बाहिर निस्क्यो, त्यति पीडितलाई सजिलो हुन्छ ।