दलित संघर्ष समितिकाे राष्ट्रियता र भूमि अतिक्रमण खवरदारी अन्तरक्रिया

दलित संघर्ष समितिकाे राष्ट्रियता र भूमि अतिक्रमण खवरदारी अन्तरक्रिया

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २५, २०७६

काठमाण्डौ । संयुक्त राजनितिक दलित संघर्ष समिति नेपालको आयाेजनामा  'नेपाली राष्ट्रियता,भूमि अतिक्रमण र दलित आन्दोलनको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रम काठमाण्डौ स्थित प्रज्ञाभवनमा सम्पन्न  गरिएकाे  छ ।

उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले राष्ट्रियताको सन्दर्भमा कुरा गर्दै आफ्नो मुलुकको भूमि छिमेकीले अति क्रमण गर्छ भने राष्ट्रियताको पक्षमा दुइवटा विकल्प रहन्छ कित युध्द गरेर आफ्नो भूमि फिर्ता गर्ने ? कित राजननितिक र कुटनितिक छलफल द्वारा समधान गर्ने  ?  हामी युध्द चाहादैनौ त्यसैले छलफलको माध्यम द्वारा समधान खोजियोस् ।  हैन भने सानो मुलुक हुने वितिकै युध्द जितिदैन भन्ने हुदैन । उहाँले सरकारले राष्ट्रियताको पक्षमा भ्रम छरेर राष्ट्रियताको आन्दोलन लाई नै धरापमा पारेको आरोप समेत लगाउनु भयो। 

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले सरकार गलत किसिमबाट अगाडि बढीरहेक‍ोले मुलुकमा नयाँ ध्रुविकरणको आवस्यकता रहेको औँल्याउनु भयो ।  कर्यक्रममा माओवादी केन्द्रका रघुनाथ ढकाल,संघिय समाजवादीकी  कमला विक, नेकपा संयुक्तकी लक्ष्मी शाह,अधिवक्ता मोहोन साशंखरले आ आफ्नो धारणा राख्नु भएको थियो । 

कार्यक्रमलाई समापन गर्ने क्रममा संयुक्त राजनितिक दलित संघर्ष समिति नेपालका संयोजक राजकुमार हिङमाङले मुलुकको भूमि अतिक्रमण भैरहँदा पनि सरकार चुप लाग्नु राष्ट्रियताको पक्षमा उभिने जनतालाई भ्रमित पार्नु सरकारको लाचरी पन भएको आरोप लगाउनु भएकाे थियाे । मुलुकलाई कुनै पनि छिमेकी राष्ट्रले हेपिरहँदा दलित समुदाय टुलुटुलु हेरेर बस्न सक्दैन । उत्पिडित समुदायको मुध्दालाई थाती राख्दै भए पनि दलित समुदाय राष्ट्रियताका लागि जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको बताउनु भयो। सरकारले चाँडो समधानको बाटो नखोजे नेपाली जनता संघर्षमा उत्रिने चेतावनी समेत दिनु भयो ।