सेलिब्रेटी बन्ने रहर र आयल निगम धराशायी बनाउने कृतघ्न दुष्प्रचार

 ऊर्जामा पेट्रोलियम पदार्थको प्रयोग बेगरको जीवन असहज छ । मानव सभ्यताको सुरुवात देखिनै इन्धनहरूमा पेट्रोलियम पदार्थले आफ्नो पहिचान बनाएर बस्यो । हाल विश्व बजारमा पेट्रोलियम पदार्थको प्रयोग र यसले मानव सभ्यतामा पारेको नकारात्मक असरका बारेमा बहस जारी छ । तेलमा राजनीतिक समस्या अर्को चुनौती हो ।

 सन् २०४० सम्ममा यसको प्रयोगमा कमी आउने आकलन गरिए पनि मात्रात्मकरुपमा ठुलो अन्तर देखिँदैन । विश्व बजारमा नवीकरणीय वैकल्पिक ऊर्जा बारे गम्भीर बहस भइरहेको छ ।

 यसमा यति नै नेपालको सन्दर्भमा यसको मागलाई अध्ययन गरी केही सार्वजनिक संस्था र नेपाल सरकारको शेयर लगानीमा २०२७ पौष २६ गते नेपाल आयल निगम नामक संस्था स्थापना गरी माग अनुरूप आपूर्तिको व्यवस्थापन गर्न थालियो । 

आज निगम स्थापनाको ५० औँ वार्षिक महोत्सव अर्थात् स्वर्ण जयन्ती मनाउँदै छ । यस बिचमा निगमको सकारात्मक नकारात्मक दुवै चर्चा परिचर्चा भएका छन् । जिम्मेवारीको तराजु सकारात्मक तर्फ बढी केन्द्रित छ । 

दिपायल, सुर्खेत, थानकोट, सिनामंगललाई छाडेर भन्ने हो भने अधिकांश निगमको विशाल भण्डारण भारतीय सीमा नजिक रहेका छन् । निगमका यी डिपोहरूले पनि माग अनुसार सञ्चित गर्ने क्षमता राख्दैनन् । नेपालको यही कमजोरीलाई बुझेर मित्र राष्ट्र भारत हाम्रो विरुद्ध कहिलेकाहीँ नाकाबन्दी गर्ने गर्छ । पहाडी क्षेत्रमा हाम्रा भण्डारण निर्माण गर्ने कुरामा निगम अझै तयार छैन । 

पुष्पलाल मध्य पहाडी राजमार्गमा निगमका संचिति भण्डारण निर्माण आवश्यक देखिन्छ भने  पहाडी क्षेत्रकै विमान स्थलहरूमा हवाई इन्धन डिपोहरूको आवश्यकता देखिन्छ । केरुङबाट पाइपलाइन मार्फत पहाड तर्फको भण्डारणको कुरा नाकाबन्दीमा उठेको थियो । यसमा बट्टार/ पिपलटारलाई केन्द्र विन्दु बनाउने चर्चा भएकै हो । 

नपरी नचेत्ने हाम्रो नियति नै बनेको छ । हामीमा दूरदर्शिताको खाँचो छ । विगत ५० वर्षमा  निगमले ऐतिहासिक र गौरवशाली धेरै कामहरू गरेको छ । तर काम र समय अनुसार हाम्रो प्रचार प्रसार पुगेन । 

 मन्त्रालयहरूमा अर्थ मन्त्रालय आफूलाई देशको सुपर पावर सम्झिन्छ । ऐन कानुनमा भएको बोनस लगायतको सुविधा कटौती गर्ने रोक्ने कार्यले कर्मचारीहरूको मनोबल गिर्छ भन्ने हेक्का राख्दैन । न्यायालयले पनि बोनस लगायतका कर्मचारी सम्बन्धित सुविधाहरू प्रदान गर्ने सन्दर्भमा सरकारको मतमा खासै राय बजाएको देखिँदैन । 

एकहत्तर हजार सात सय सात किलोमिटर क्षमताका भण्डारण हामीसँग मौजूद छन् । एसियाली विकास बैकको ऋण सहयोगमा थानकोट, अमलेखगन्जमा थप आधुनिक भण्डारण, चार आली २४, सर्लाही १५, लोथर १५, भैरहवा १५ र टेकुमा ४१ रोपनी बबरमहलमा करिब ५ रोपनी गरी नेपाल आयल  निगम लि. ले पछिल्लो समय करिब १० अर्व को स्थिर सम्पत्ति  जोडिएको छ । 

सुरुवाती दिनमा निमार्ण भएका भौतिक संरचनाहरूको हालको बजार मूल्य यहाँ उल्लेख्य छ । डिजेल र मट्टितेलमा समान मूल्य, मोतिहारी, अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण, स्वचालित मूल्य नीति, प्रत्येक प्रदेशमा एक एक पेट्रोल पम्प र एक एक ग्याँस वोटलिङ्ग प्लान्ट, ट्रक/टंयाङ्कलरीमा लकिङ्ग जडान, कर्मचारी गृहहरूको निर्माण चारआलीदेखि दिपायलसम्म निगमको कार्यालय तथा डिपोहरूको निर्माण उल्लेख्य विषय हुन् । यस्ता ऐतिहासिक एवम् दूरगामी महत्त्वका विषय धेरै छन् ।

 निगमका बारेमा मिडियाले सकारात्मक एवं नकारात्मक दुवै लेख्दै आएका छन् । तर नियोजितढंगले जनमानसमा निगम प्रति गलत धारणा विकास गराई स्वार्थ सिद्ध गरेको पनि पाइन्छ । उदाहरणको लागि निगमले कर्मचारीलाई सुटुक्क बोनस खुवायो भन्छ मिडिया । तर ५६ अर्व ऋण तिरी ५ स्थानमा १० अर्वको सम्पत्ति जोडेको भन्दैन । कामदार कर्मचारीको मेहनतले मुनाफा भएको कुरालाई कदर नगर्ने हो भने कर्मचारीको मनोबल बढ्दैन । उच्च मनोबल नभएका कर्मचारीहरूबाट लक्ष्यमा पुग्न सकिँदैन । निगमका निर्णायक पदाधिकारीलाई मिडियाले  जुन नकरात्मका जनमत तयार पार्छ । निगम पनि यस्ता महत्त्वपूर्ण घटना विवादका बारे श्वेत पत्र जारी गर्ने आवश्यक ठान्दैन । 

धेरै जसो कर्मचारीमा पनि निगममा जागिर खाए पछि कसरी कमाउन सकिन्छ भन्ने  मानसिकताले घर गरिरहेको पाइन्छ । विगत ३० वर्ष देखि हालसम्म कर्मचारी सङ्घको अध्यक्ष भई काम गरी रहँदाको अनुभवमा कतिपय ट्रेड युनियन कर्मीहरूमा नेता गिरी पनि गर्ने पैसा पनि कमाउनै पर्ने व्यवस्थापनसँग पनि नजिकै रहीरहदै आफ्नो प्रभाव बनाई रहने प्रवृत्ति पनि देखिन्छ । 

संस्था सञ्चालनमा यी सबै प्रवृत्ति घातक छन् भनेर हामीले विगत लामो समय देखि भन्दै आएका छौ । विगतमा सञ्चालक समिति समेतका निर्णायक पदाधिकारीहरूले समयमा निर्णय नगर्दिनाले ५६ अर्व निगमले बालुवामा पानी हाले सरह नोक्सानी खेप्यो । भगवान् श्री पशुपतिनाथको कृपाले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावट र त्यतिखेरको भारतीय नाकाबन्दी समेतले  निगमले सम्पूर्ण ऋणबाट  मुक्ति पायो र बोनसको रूपमा माथि भनिएका जमिन खरिद  गर्न सफल भयो । 

यस्ता धेरै उल्लेखनीय काम यो ५० वर्षमा निगमले गरेको छ । तर हामीले माल पाएर चाल पाएनौ । नकारात्मक कुरालाई मात्र सञ्चार माध्यम मार्फत उचाल्यौ ।  हामीले हाम्रा निजी स्वार्थ पूर्तिका लागि सञ्चार माध्यमको दुरुपयोग गरयौ ।  बिहान पत्र पत्रिकामा छापेको समाचार पढेर दिउसो कार्यालय चलाउने  ‘हाकिम’ छन् नेपालमा । पदमा बस्छन् निर्णय गर्न डराउँछन् अधिकांशलाई अख्तियार हाउगुजी जस्तो भएको छ । सफा मनले काम गर्दा अख्तियार बाधक होइन ।

 अख्तियार संवैधानिक निकाय हो। भष्ट्राचारको निवारण–निराकरण गर्ने सन्दर्भमा अनुसन्धान तहकिकात उसको संवैधानिक जिम्मेवारी हो जुन स्वाभाविक छ । नबिगार्नु नडराउनु जसले गल्ती गर्छ उ सधैँ अख्तियारसँग डराइरहेको हुन्छ । आयोगको निर्णय अख्तियारको निर्णय हो । तर विगतमा त्यसका प्रमुख पदाधिकारीको कारण पूर्वाग्रह पूर्ण एकल निर्णयले धेरै निर्दोष मानिसले दुःख पाएको पनि सत्य हो । 

दोषी नउम्कीयोस र निर्दोष एक जना पनि नपरोस् भन्ने जन अपेक्षा हो । तसर्थ पदमा बस्नेले हर हालतमा सबै जोखिमको आकलन गर्दै काम गर्नुपर्ने हुन्छ । विभिन्न बहानामा पन्छिन मिल्दैन । काम गर्ने नसक्नेहरूले जुन सुकै पदमा बसेको भए पनि त्यो पद छोड्नु पर्छ । बुढो गोरु बन्नु हुँदैन। चिनीयाहरु टाइसुटमा खेती गरिरहेको देखिन्छन् । हामी कार्यालयमा आउँदा टाइसुट वा आफ्नो राष्ट्रिय पहिचान बोकेको दौरा सुरुवाल लगाएर आउँदैनौ र अरूलाई पनि आउने वातावरण बनाउँदैनौ । 

दक्षिण एसियामै सबै भन्दा सस्तोमा नेपालका कार्यालयहरूमा कामदार कर्मचारी काम गर्छन् ।  कर्मचारीको मनोबल उच्च नबनाई उद्देश्य प्राप्ति हुँदैन । लक्ष्यमा पुग्न सकिँदैन भन्ने कुरा नीति निर्माणमा बसेकालाई थाहा छ । समय अनुसार तलब सुविधामा वृद्धि गर्दे जानु पर्नेमा भएका सुविधा कटौती गर्न तयार हुन्छन् ।

 मन्त्रालयहरूमा अर्थ मन्त्रालय आफूलाई देशको सुपर पावर सम्झिन्छ । ऐन कानुनमा भएको बोनस लगायतको सुविधा कटौती गर्ने रोक्ने कार्यले कर्मचारीहरूको मनोबल गिर्छ भन्ने हेक्का राख्दैन । न्यायालयले पनि बोनस लगायतका कर्मचारी सम्बन्धित सुविधाहरू प्रदान गर्ने सन्दर्भमा सरकारको मतमा खासै राय बजाएको देखिँदैन । 

पैसा र सोर्स फोर्स भएपछि यो देशमा सबै थोक चल्छ चलाउन सकिन्छ भन्ने मानसिकता भएका उद्योगी, व्यवसायी तथा कर्मचारीहरूको बाहुल्यता छ नेपालमा । त्यसमा निगमका जागिरे र कारोबारी पनि अछुतो छैनन् । यिनको व्यवस्थापन अहिलेको थप चुनौती हो । थप जनशक्ति तथा भौतिक  निर्माण, माग र आपूर्तिको व्यवस्थापन, सञ्चालन तथा सहजीकरण समेतका संस्थागत सुधारको लागि थप दक्ष जनशक्ति तथा प्रशासनिक सुदृढीकरणले मात्र सम्भव छ ।

निगमको प्रगतिलाई  अन्तर्राष्ट्रियकारण भन्ने र कर्मचारीको मेहनतलाई नजर अन्दाज गर्ने तथा कम आक्ने खोटवादी सोच हो । यसलाई पनि समय अनुसार सुधार गरी कर्मचारीलाई सधैँ प्रगति उन्मुख बनाइ राख्न कार्य प्रोत्साहन समेत समयानुसारका विभिन्न सुविधा प्रदान गर्नु पनि जरुरी भइसकेको छ । सञ्चालक समितिद्वारा निर्णित विषयहरू कार्यान्वयन गर्नु गराउनु निगममा आवश्यक जनशक्ति नभए अवकाश प्राप्त वा बजारमा उपलब्ध दक्ष जनशक्ति लिने वा अन्य सार्वजनिक संस्थाहरूबाट काजमा झिकाई काम सम्पन्न गर्न सकिन्छ तर विकास अवरोध गर्न पाईदैन ।

हाल ग्यास भन्दा बिजुली सस्तो पर्ने हल्लाहरू बजारमा सुनिन्छ । देशको उत्पादन राष्ट्रिय गौरवको विषय स्वदेशको रकम स्वदेशमै रहने कुरालाई सबैले खुसी व्यक्त गर्नु पर्ने हो । तर स्वदेशमा एक थोपा पनि उत्पादन नहुने तर पनि नभई नहुने पेट्रोलियम पदार्थ नेपालको भू बनोट अनुसार मूल कारोबारी वस्तुको रूपमा रहने देखिन्छ । अनविकरणीय ऊर्जा पेट्रोलियम पदार्थको कारोबार गर्ने अनि आफै नवीकरणीय वैकल्पिक ऊर्जाको विकास गर्ने भन्दै हिँड्ने कुरा सेलिब्रेटी बन्ने रहर मात्रै हो । यस्तो कुरा गर्नु निगमको उद्देश्य विपरीत हो । जसको सितो खाई उसको गीता गाईको सामान्य धर्म पनि पालना गरेको देखिएन ।

विगत केही समय यता निगम सञ्चालक समितिबाट अनिर्णित विषयहरू कार्यान्वयन भएका छैनन् । स्वार्थ आ–आफ्नो हुन सक्छन् तर राष्ट्रिय आवश्यकताको आधारमा अनिर्णित विषयहरू कार्यान्वयन विलम्ब निगमको हित विपरीत देखिन्छ । तसर्थ कुरा होइन काम गरौँ ।

निगमको उद्देश्य र प्रबन्धक पत्र नियमावली वितरितका अभिव्यक्ति र कार्यहरू कम्तीमा निगमका कर्मचारीहरूबाट हुन भएन । उपत्यकामा ६५ वर्षलाई पुग्ने ग्यास छ भनेर आज भन्दा ३० वर्ष पहिले नै प्राविधिकहरूले भनेका हुन । दैलेखको शिरस्थान, नाभीस्थान र पादुकास्थानमा ग्यास बलिरहेको हामीले देखिरहेका छौँ । यस तर्फ हामी कति पनि सजग भएनौ निगमको ध्यान यसतर्फ जानु पर्ने देखिन्छ ।  कहिले चिनिया कम्पनीले गर्ने भयो भन्छौ त कहिले जापानी भन्छौ भन्दा भन्दै समय धेरै बितिसक्यो तर कार्यान्वयन गर्ने निकायले आफ्नो कठिनाइ बारे बोल्न आवश्यक ठान्दैन । यी समस्या राज्यको पेट्रोलियम नीति नभएर हो । संघीय/ केन्द्र सरकार मातहत तेलको कारोबार गर्नुपर्नाका कारण यो राष्ट्रिय सुरक्षासँग सम्बन्धित छ भन्ने बिर्सिनु हुँदैन । 

 विगत केही समय यता निगम सञ्चालक समितिबाट अनिर्णित विषयहरू कार्यान्वयन भएका छैनन् । स्वार्थ आ–आफ्नो हुन सक्छन् तर राष्ट्रिय आवश्यकताको आधारमा अनिर्णित विषयहरू कार्यान्वयन विलम्ब निगमको हित विपरीत देखिन्छ । तसर्थ कुरा होइन काम गरौँ । नेपालका सबै सार्वजनिक संस्थानहरूमा निगम राजश्वमा योगदान गर्ने नम्बर एक संस्था बन्न पुगेको छ । उत्कृष्ट नमुनाको संस्था भन्ने व्यवहार बाटै पुष्टि भएको छ । पछिल्लो आर्थिक वर्ष ०७५/०७६ को वित्तीय विवरण अनुसार करिब पौने नौ अर्व को मुनाफाले निगम प्रगति उन्मुख देखाएको ।

करिब तिन खर्वको कारोबार चलिरहँदा वार्षिक १५ देखि २० प्रतिशतको माग बढेर गएको देखिदा हाम्रो जस्तो भू बनोट विकास निमार्णको पथमा अघि बढी रहेको देशको लागि यो चिन्ताको विषय होइन । विकासको लामो अभियानमा पेट्रोलियम पदार्थको माग अनुसार आयात र आपूर्तिको व्यवस्थापन नै निगमको प्रमुख चुनौतीको रूपमा रहेको देखिन्छ । तसर्थ सातै वटा प्रदेशमा नब्बे दिनको संचिती भण्डारणको व्यवस्थापन गर्नु देशको सर्वाङ्गीण विकासको लागि आधार स्तम्भ हो । यो नेपाल सरकारको चासोको विषय पनि भएकोले नब्बे दिनको भण्डारण स्वीकृति त भयो तर किन हो हाल नेपाल सरकारले सक्रियता देखाएको पाइँदैन यो राष्ट्रिय सुरक्षासँग पनि सम्बन्धित विषय भएकोले यसलाई निर्माण लगानीमा हुने खर्च पैसासँग मात्र तुलना गरेर हेर्नु बुद्धिमानी हुँदैन ।

यस योजनालाई निमार्ण कार्यमा शिघ्रातिशिघ्र कार्यान्वयन गर्नु देश हितमा छ । अधिकांश मानिस स्वार्थको अगाडी लोभी हुन्छ । आफ्नो स्वार्थसँग बाझिएका विषय कार्यान्वयनमा अलमल गर्ने देखिएको छ । निगमले नगरी नहुने देखिएकोले निरन्तर तिस वर्षसम्म भन्दा पनि नभएको काम भनेको  कर्मचारीलाई जिम्मेवार बनाउन पद अनुसारको कार्य विवरण र निगमको सबै डिपोमा ‘अटोमेशन’ तथा सफ्टवेयर प्रणाली लागू गर्ने भनिएकोमा हाल सम्म हुन सकेन यसमा निगमका पदाधिकारीहरू एकले अर्कोलाई देखाएर पन्छिने प्रवृत्ति छ । मुख्य कुरा कुनै पनि स्वार्थ लोभ लालच नगरी निगमको हितमा काम गर्नु निगमका सबै कर्मचारीको जिम्मेवारी हो भने  व्यवस्थापनको दूरदर्शिता एवं कुशल नेतृत्वकोे प्रतिबद्धता आजको आवश्यकता हो ।   

संस्थापक महाप्रबन्धक स्वर्गवासी सुवर्णविक्रम थापा अध्यक्ष तथा महाप्रबन्धक स्व. गुणराज उपाध्याय श्री दीपक थापा, श्री अमृत नकर्मी, राजेश्वर शर्मा, शेरबहादुर के.सी. लगायत हालसम्मका कार्यकारी प्रमुख, सञ्चालक समिति, मन्त्रीज्यूहरू, उद्योगी एवं पेट्रोलियम व्यवसायीहरू, कर्मचारीहरू, निगम कर्मचारी सङ्घ, समेतका ट्रेड युनियनहरू समेत सबैको धेरथोर  केहिनकेही योगदान पुगेकै कारणले निगम ५० औँ वर्षमा प्रवेश गरेको छ । अर्थात् आज स्वर्ण जयन्ती मनाउने अवस्थामा आई पुगेको हो भन्ने कुरा बिर्सिनु हुँदैन ।

निगमले विगत लामो समयदेखि सामाजिक उत्तरदायित्व वहन गर्ने सम्बन्धी काम गर्दै आएको छ । अध्यक्ष तथा महाप्रबन्धक गुणराज उपाध्यायको कार्यकालमा अनामनगर बस्ती विस्तार तथा काठमाडौँ विश्वविद्यालय स्थापनाकालीन अवस्थामा आर्थिक सहयोग विभिन्न वृद्धाश्रमहरूमा  ग्याँस, लाउने, ओढ्ने ओछ्याउने लत्ता कपडा, खाद्यान्नको सहयोग, पशुपति विकास कोष सँग मिलेर त्यहाँ स्थित कृयापुत्री भवनहरूको सरसफाइमा दिनहुँ १०/१२ जना सफाइ मजदुरका साथ एक फोहोर उठाउने ट्रिपर खटिरहेका छन् ।

पछिल्लो समय पूर्वका श्री पशुपतिनाथ भनेर प्रख्यात श्री हलेश्वर/हलेसी महादेव मन्दिर परिसर गुराँसेमा पाँच करोड लगानीमा नमुनाको आधुनिक धर्मशाला निर्माण गर्ने सन्दर्भमा हालै त्रि–दिवसीय वैदिक विधि सम्मत धार्मिक अनुष्ठान गरी शिलान्यास सु–सुम्पन गरिएको छ । यसरी नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गरिएको यस कार्यले धर्मलाई पर्यटनसँग जोडी धार्मिक, पर्यटकीय र सामाजिक कामहरूमा निगमको योगदान देखिदा सर्वत्र प्रशंसा भएको छ । 

 अतः निगमले राष्ट्रको लागि गरेको योगदान चिर स्मरणीय छ । वर्तमानले इतिहासलाई सधैँ गाली गर्दो रहेछ । निगमको लागि योगदान पुराएका विभिन्न व्यक्ति र संस्थाहरू प्रति कृतज्ञ हुनुपर्नेमा राजनीति छायाले कृतघ्न पनि देखियो । सन्दर्भ २०४५ को भारतीय नाकाबन्दीले पेट्रोलियम अभावमा निस्सासियको राजधानीलाई पूर्व प्रधानमन्त्री स्वर्गवासी मरीचमान सिंह श्रेष्ठको सक्रियता एवं अगुवाइमा जहाजमा सिंगापुरबाट पेट्रोलियम पदार्थको आयात गरी आपूर्तिको व्यवस्थापन गरिएको थियो । यसै गरी धादिङको मलेखु पुल बाढीले बगाउँदा काठमाडौँको सप्लाई अवरोध हुँदा सो पुल वारिपारिका टैंकलरीहरुमा पाइप जोडी उपत्यकाको आपूर्तिलाई सहज गरिएका आदि अनेकौँ महत्त्वपूर्ण कार्यलाई कसरी भुल्न सकिन्छ ? यी सबै काम निगमकै कर्मचारीबाट सम्भव भएका थिए भन्ने कुराले गौरावान्भूति हुन्छ । यस्ता स्वर्णाक्षर अङ्कित इतिहासकै मूल्याङ्कन बेगर वर्तमानको सहज अवस्थामा मात्र रमाउने प्रवृत्तिले सम्भावित चुनौतीलाई सामना गर्ने हिम्मत राख्दैन । सबैलाई चेतना भया !  सर्वे सन्तु निरामय !!
 


लेखक नेपाल आयल निगम कर्मचारी सङ्घ (आधिकारिक ट्रेड युनियन) अध्यक्ष एवं निगम सञ्चालक समितिका सदस्य (आ) हुनुहुन्छ ।