खोटाङ दिक्तेल महोत्सबः लाख अबलोकनकर्ता र अर्व कारोबार हुने

खोटाङ दिक्तेल महोत्सबः लाख अबलोकनकर्ता र  अर्व  कारोबार हुने

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २७, २०७६

काठमाडौँ । ‘आर्थिक समृद्धि आधार, व्यवसाय प्रवर्धनको लागि पूर्वाधार’ भन्ने नराकासाथ प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६ फागुन २ देखि १२ गतेसम्म दिक्तेल बजारमा गर्ने तयारी थलिएको छ । 

यसको तयारी स्वरूप आज २०७६ पुस २६ गते शनिवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा प्रचार प्रसार कार्यको शुभारम्भ गरिएको छ । 

खोटाङ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने  प्रथम खोटाङ दिक्तेल महोत्सवको तयारी स्वरूप काठामाडौबाट प्रचार प्रसारको शुभारम्भ सङ्घीय सांसद विशाल भट्टराईले एक समारोह बिच गर्नु भएको हो । 

खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपीनकुमार राईका अनुसार एक लाख भन्दा बढी अबलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य लिएको र एक अर्व बराबरको कारोबार हुने अपेक्षा राखिएको जानकारी दिनु भएको छ । 

खोटाङ उद्योग वाणिज्य सङ्घका अनुसार प्रथम खोटाङ दिक्तेल महोत्सबमा खोटाङ जिल्लाका आदिवासीहरूको संस्कृति भेषभुषाहरुको प्रदर्शनी, सूचना प्रविधि। कृषि उपज र प्रविधि, दसैँ दिन ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूबाट गीत, नृत्य र हास्यव्यङ्ग्य सहितको प्रदर्शनीको तयारी भइरहेको जनाएको छ । 

त्यसैगरी स्थानीय कलाकारहरूको सांस्कृतिक प्रदशैनी राखिनुका साथै हस्तकला, जातीय खानाको मौलिक परिकारहरूको विक्री तथा प्रदर्शनी, विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको सम्मान कार्यक्रम, विज्ञान प्रविधिसँग सम्बन्धित प्रदर्शनी राखिने छ भने महोत्सवको अर्को आकर्षण भनेको पालिका स्तरीय दोहोरी प्रतियोगिता र खोटाङ आइडल नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको सङ्घका अध्यक्ष राईले जनाकारी दिनु भएको छ ।

खोटाङ उद्योग वाणिज्य सङ्घ खोटाङ आयोजक रहेको महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासङ्घ टेकु, काठमाडौँ र नेपाल उद्योग वाणिज्य महासङ्घ विराटनगर  प्रदेश नं १ ले सहयोग गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रवर्द्धक रहेको महोत्सवको व्यवस्थापन सहयोग एआई के ग्रुप काठमाडौँले गर्ने समेत जनाइएको छ । 

प्रचार प्रसार शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि सङ्घीय सांसद विशाल भट्टराई, नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सांसद तथा राप्रपाका नेता अर्जुन राई, समाजवादी पार्टीका नेता डा. केके राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख बिनादेबी राईले सम्बोधन गर्नुभएको थियो । त्यसरी गरी महोत्सवमा आ–आप्फनो क्षेत्रका प्रतिबद्धता समेत व्यक्त गरिएका थियो । तयारी र प्रतिबद्धता व्यक्त गर्नेहरूमा  खोटाङ यातायात व्यवसायी सङ्घका अध्यक्ष गणेश शाही, खोटाङ हलेसी होटेल व्यवसायी सङ्घका अध्यक्ष रुद्र गिरी, खोटाङ सेवा समाजका अध्यक्ष रोकश राई, सङ्गीतकार शान्तिराम राई, नरेश कटुवाल लगायत हुनुहुन्थ्यो ।