विज्ञानको कसीमा रावण र चीनिया वैज्ञानिक  ही जियानकुइ
चिना पत्री होइन अब डिएनए टेस्टिंगबाट भाग्य थाहा पाइन्छ
पुष २७, २०७६

मानव जातिले प्रचलनमा ल्याएको पश्चिमा क्यालेन्ण्डर अनुसारको वर्ष २०१९ विदा भयो । विदा मात्र होइन, सदाका लागि इतिहासको पानामा सीमित भयो । वर्ष २०२० वर्तमान भएर उपस्थित हुन आएको छ ।

हामीले मानेको क्यालेण्डर पिच्छेकै समय मापनको (दिन–महिना–वर्ष ) अवधारणा स्पष्ट रुपमा स्वीकार गर्ने हो भने पृथ्वीको गति र मनुष्यको स्मृति बाहेक केही हो भने त्यो विशुद्ध गणित हो । 

हामी बसेको पृथ्वी सुर्यको निरन्तर प्रदक्षिणामा कुदेको कुद्यै हुन्छिन । मनुष्यले बनाएको रोबोट सम्मलाई विश्राम आवश्यक हुन्छ तर प्रकृतिमा भएका कुनै पनि संरचना, ‘क्वार्क देखि विशालतम तारा’ कसैको पनि भाग्यमा विश्रामको एक क्षण पनि हुन्न । 

रमाइलो त के भने वर्षमा ३६५ दिन (दिन –रात) पनि पृथ्वी कै लक्षणा एवम् अभिव्यन्जनाबाट अस्तित्ववान भएका हुन । सुर्यको परिक्रमा गर्नुका साथ पृथ्वी आफ्नो अक्षमा पनि लयवद्ध ताथैया गर्छिन । उनको ताथैयाको वेगले उड्ने सौभाग्य अहिलेसम्म हजार–पन्ध्र सय व्यक्तिले मात्रै पाएका छन । अक्षमा पृथ्वीको नृत्यको गति ४६५ मिटर प्रति सेकेण्ड अथवा २७.९ किमि प्रतिघण्टा अथवा १६७४ किमि. प्रतिघण्टा रहेको छ । आजसम्म व्यावसायिक वायुयानले यो गति छुन सकेका छैनन ।

हामी जसलाई वर्ष भनेर गणना गर्छौ, पुरानोलाई विदा एवम् नयाको स्वागतमा अनेकौं तामझाम गर्छौं, त्यो पृथ्वीले झण्डै ३० किमि प्रति सेकेण्डको गतिले १४ करोड ९६ लाख किमि टाढा स्थित मातृतारा सुर्यको परिक्रमामा तय गरेको झण्डै ९४ करोड किमिको यात्रा वृतान्त अथवा लेखाजोखा हो । यस लेखाजोखालाई नै ३६५ दिन अर्थात एक वर्षको समय मान्छ मानव जातिले । 

रमाइलो त के भने वर्षमा ३६५ दिन (दिन –रात) पनि पृथ्वी कै लक्षणा एवम् अभिव्यन्जनाबाट अस्तित्ववान भएका हुन । सुर्यको परिक्रमा गर्नुका साथ पृथ्वी आफ्नो अक्षमा पनि लयवद्ध ताथैया गर्छिन । उनको ताथैयाको वेगले उड्ने सौभाग्य अहिलेसम्म हजार–पन्ध्र सय व्यक्तिले मात्रै पाएका छन । अक्षमा पृथ्वीको नृत्यको गति ४६५ मिटर प्रति सेकेण्ड अथवा २७.९ किमि प्रतिघण्टा अथवा १६७४ किमि. प्रतिघण्टा रहेको छ । आजसम्म व्यावसायिक वायुयानले यो गति छुन सकेका छैनन । वायुसेनाका केहि पाइलट एवम् रकेटबाट अन्तरिक्ष यात्रा गर्ने केहि मानिसका अतिरिक्त यस गतिले यात्रा गर्ने सौभाग्य आमजनलाई उपलब्ध भएको छैन । पृथ्वीले आफ्नो नृत्यको एक चक्र पुरा गर्न ‘नासा’का अनुसार चालीस हजार सत्तरी किमि यात्रा गर्छिन । यसरि यात्रा गर्दा उनको जुन अंगमा सुर्यको दृष्टि हुन्छ , त्यहाँ दिन एवम् सुर्य रश्मिबाट विमुख उपांग क्षेत्रमा निशाको साम्राज्य हुन्छ । मोटामोटी दुबैको अवधि बाह्र–बाह्र घण्टे ( संयुक्तमा २३ घण्टा ५६ मिनेट ) हुन्छ । यही नै दिन र रातको तात्विक विवेचना हो । दिन, रात, साता, पक्ष, मास, द्धैमासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक आदि सबै पृथ्वीका गति सम्बन्धी गणना हुन । 

मानव उत्सव प्रेमी प्राणी हो, (हुन त जीवन आफैमा उत्सव हो) तसर्थ उत्सव प्रेमी मानवले यसका निमित्त विभिन्न हिसाब निर्धारण गरेको छ । यसै क्रममा चाड, पर्व, संस्कार मनाउदै आएको छ मानिस प्रजातिले । नववर्ष यस्तै आनन्द, उल्लास मानउने उत्सव हो , अन्यथा प्रकृतिमा न कुनै अर्को दिन हुन्छ र न त वर्ष नै । 

मैले जीवनको कुनै पनि क्षणमा कसैको अशुभ वा अहित चिताएको हुन्न, किनकि मलााई थाहा छ – मैले एक दिनमा फेर्ने झण्डै १८ हजार श्वास प्रश्वासमा राम, कृष्ण,बुद्ध, हिटलर, गाँधी र संसारभरिका ७.७ अर्ब मानिसले श्वास प्रश्वासमा उपयोग गरेका अक्सीजन र नाइट्रोजनका अणु ग्रहण गर्छु । श्वास फेर्ने जो कोहिले पनि मैले प्रयोग गरेका अणु प्रयोग गर्छन । मैले ग्रहण गर्ने र छाड्ने गर्ने प्रत्येक श्वाँसमा शुभेच्छा–शुभकामना र जगत कल्याणको भाव निहित हुन्छ ।

मैले उत्सव मनाउन कुनै विशेष दिन पख्रिने, शुभेच्छा–शुभकामना व्यक्त गर्न विशेष अवसरको सापेक्षता प्रयोग गर्न छाडेको निकै अन्तराल व्यतीत भइसक्यो । ‘जोगीको स्टाइल, सधै दशै र सधै स्माइल’। आफ्नो जीवनमा सधै दशै र सधै ‘स्माइल’भएकोले अवसर विशेषको शुभकामना एवम् शुभेच्छा (ह्याप्पी न्यु इअर भने जस्तै) कहिल्यै कसैलाई पनि प्रेषित गरिन्न । 

मैले जीवनको कुनै पनि क्षणमा कसैको अशुभ वा अहित चिताएको हुन्न, किनकि मलााई थाहा छ – मैले एक दिनमा फेर्ने झण्डै १८ हजार श्वास प्रश्वासमा राम, कृष्ण,बुद्ध, हिटलर, गाँधी र संसारभरिका ७.७ अर्ब मानिसले श्वास प्रश्वासमा उपयोग गरेका अक्सीजन र नाइट्रोजनका अणु ग्रहण गर्छु ।  श्वास फेर्ने जो कोहिले पनि मैले प्रयोग गरेका अणु प्रयोग गर्छन । मैले ग्रहण गर्ने र छाड्ने गर्ने प्रत्येक श्वाँसमा शुभेच्छा–शुभकामना र जगत कल्याणको भाव निहित हुन्छ । मभित्र प्रवेश गर्ने प्रत्येक श्वाँसका लागि म प्रकृति प्रति अहोभावले गद्गद हुन्छु र आफुबाट छाडिने प्रत्येक प्रश्वासमा  जगत कल्याणको भावले भरिपूर्ण हुन्छु । अक्सीजनको प्रथम उत्पादक ‘साईनो व्याक्टोरिया’ देखि लिएर निष्काषित कार्वन डाइअक्साइडलाइ प्रयोग गरी अक्सीजन उत्पादन गर्ने वनस्पति जगतसम्म ।

वर्षको विदाई वा स्वागतमा रुचि नभए पनि २०१९को वर्ष विज्ञानलको क्षेत्रमा ‘माइल स्टोन’ नै रहयो । समझिनुुस त ‘ब्लैक होल’ को तस्वीर, यस घटनााले २०१९ को महत्व १९६९ जति नै हुन गयो । हजुर त्यै १९६९ जुन वर्ष मानवले पृथ्वी वाहेक अन्य खगोलीय पिण्डमा टेकेको थियो । ‘मेडिकल साइन्स’, ‘आर्टिफिसियल इन्टेलीजेन्स’, खगोल विज्ञान, अन्तरिक्ष जिज्ञान, ‘इन्फरमेसन टेक्नोलोजी’, जैव रसायन तथा पर्यावरण क्षेत्रमा महत्वपुर्ण उपलब्धि हासिल भए गएको वर्ष २०१९ मा । 

तपाईंलाई के लाग्छ ? मानव जातिको अभ्युदय भए पछि भएका सबैभन्दा महत्वपूर्ण खोज एवम् अन्वेषण के के हुन ?? 

आधुनिक युगमा भने न्युटन, आइन्सटीन, बोर, प्लांक, मैक्सवेल, ग्यालिलियो, आर्कमिडीज, क्युरी, डाल्टन, थोमसन आदिलाई जति महत्व दिए पनि एडिसन, जेम्सबाट र निकोला टेस्लाको अभावमा हाम्रो जीवनको कल्पना गर्नुस त ? इन्जन, वल्व र ऐसी विद्युत नहुँदो हो त सोह्रौं शताश्दी र अहिलेमा के नै फर्क हुन्थ्यो ? यी तीनवटै आविष्कारको बलबूतामा नै मानव महामानव बन्ने दिशामा फडको मार्दै गइरहेको छ । इन्जनका लागि १७७५, बल्बका लागि १८७९ र ऐसी विद्युतका लागि सन् १८८८ इतिहासमा स्वर्णाक्षरले दर्ज छन् ।

मेरो दृष्टिमा मानव जातिले गरेको सबैभन्दा महत्वपूर्ण खोज आगो हो । यो खोज कहिले भयो, शायद मानव जातिले समयको मापन गर्नुभन्दा पहिला नै आगोबारे ज्ञान हासिल गरिसकेको थियो । कृषिको ज्ञानलाई अर्को महत्वपूर्ण खोज भन्न मिल्छ । त्यसरि नै क्रमशः भाषा, गणित,औषधिविज्ञान, युद्धकला, गोलो चक्काको निर्माण आदि सबै महत्वपूर्ण कडी थिए । यी मध्ये कसैको अभावमा पनि हामीले चारैतिर हेर्ने गरेको विकास सम्भव हुने थिएन । 

विज्ञानको विकास हामी कहाँ भयो, हामीले गर्यौं यस्तो दावी गर्ने जुनसुकै समाज पनि दम्भी र अल्पज्ञ वाहेक केही होइन । जुनसुकै संस्कृति, समाज, देश र पृथ्वीको भूखण्डमा विज्ञानको विकास क्रमबद्ध रुपले हुँदै आएको हो । 

आधुनिक युगमा भने न्युटन, आइन्सटीन, बोर, प्लांक, मैक्सवेल, ग्यालिलियो, आर्कमिडीज, क्युरी, डाल्टन, थोमसन आदिलाई जति महत्व दिए पनि एडिसन, जेम्सबाट र निकोला टेस्लाको अभावमा हाम्रो जीवनको कल्पना गर्नुस त ? इन्जन, वल्व र ऐसी विद्युत नहुँदो हो त सोह्रौं शताश्दी र अहिलेमा के नै फर्क हुन्थ्यो ? यी तीनवटै आविष्कारको बलबूतामा नै मानव महामानव बन्ने दिशामा फडको मार्दै गइरहेको छ । इन्जनका लागि १७७५, बल्बका लागि १८७९ र ऐसी विद्युतका लागि सन् १८८८ इतिहासमा स्वर्णाक्षरले दर्ज छन् । 
मेरो नजरमा सन् २०१९ पनि आँउदो समयमा अति विशिष्ट उपलब्धिका लागि चिर स्मरणीय रहने छ । यस वर्ष चीनले कृतिम सुर्य,कृतिम चन्द्रमा बनाउने घोषणा गर्यो । सन् २०२५ भित्र दुबै सपना साकार हुन्छन् । यस वर्षलाई अविष्मरणीय बनाउने कार्य भने चीनको ‘साउथर्न यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’ (SUSTECH)   का अन्वेषक ही जियानकुइले (HE JIANKUI)    गरे । उनले केहि साताको भ्रूण मै ‘जीन एडिटिग’ गरेर जन्मिने बालिका लुुलु र नानालाई एडस मुक्त बनाए । संसार भरिका तथाकथित नैतिकवानहरुले उनको निन्दा गरे । उनको यो कार्य अहिले धार्मिक–राजनीतिक र मानवतावादीहरुको नजरमा अभिशाप भए पनि यसले कालान्तारमा गएर मानवलाई जन्मिदै रोगमुक्त बनाउने छ । ‘जीन एडिटिग’ महामानव जन्माउने कीमिया हो । मानिस जन्मिदै ‘जीन’ मै अनेकौं विकार लिएर जन्मिन्छ । भ्रूण अवस्था मै दूषित ‘जीन’ काटेर फाल्दा उसको भावी जीवनमा त्यो रोग लाग्ने सम्भावनाका ढोका नै थुनिन्छन । हुन त लुलु र नानाको जन्म २०१८को अक्टूबर महिनामा नै भएको थियो । तर यसले व्यापकता २०१९मा पायो । अबको युग ‘बायो–फिजिक्स’, ‘क्वान्टम फिजिक्स’, ‘क्वान्टम बायोलोजी’, ‘नैनो टेक्नोलोजी’को युग हो । 

रावणको स्मरण गरौं, छोरा मेघनाद जन्मिने बेलामा रावणले सबै ग्रह नक्षत्रलाई उचित स्थानमा रहनु भनी निर्देशन दिएको थियो ताकि जन्मिने छोरा मेघनाद अपराजित र अमर भएर जन्मियोस । कथाअनुसार शनिले खुट्टा पसारी दिएर रावणको संकल्पमा विघ्न पर्यो । कथा कोरा कथा नभएर विम्बात्मक पनि त हुनसक्छ । रावणको वैज्ञानिक टोलीमा ही जियानकुइ जस्ता ‘बायो फिजिसिस्ट’ पनि त रहेका हुनसक्छन, जसले भ्रूण अवस्था मै मेघनादको‘जीन एडिट’ गरेका हुन सक्छन ! 

अति छिट्टै नै ‘जीन एडिट’ र भ्रूणावस्थाको ‘डिएनए टेस्टिग’ फस्टाउदो व्यापार हुनेछ । जन्मिने बच्चा के के गुण लिएर जन्मिन्छ, उसको भावी जीवन कस्तो हुन्छ अब यसको निर्धारण चिना पत्रीले नगरेर वैज्ञानिक प्रविधिले हुनेछ । नैतिक, धार्मिक, राजनीतिक शक्तिको आडमा कतिन्जेल विज्ञानको यात्रालाई रोक्न सकिन्छ ?!
 


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।