प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २७, २०७६

भक्तपुर । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–२ धुन्चेपाखास्थित ड्युटिमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भारत घर भएका बोडे बस्ने २६ वर्षीय महोमद दिल्दारमियालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । सोही स्थानमा महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई बा.३७ प १२०६ नम्बरको मोटरसाइकल मादक पदार्थ सेवन गरी चलाएको फेला पारी कारबाही गर्ने क्रममा उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात पक्राउ गरेको हो । 

यसैगरी, सूर्यबिनायक नगरपालिका–९ नलिनचोकस्थित सडकबाट ड्युटिमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने लमजुङ घर भएका ३९ वर्षीय प्रेम बहादुर घर्तीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सोही स्थानमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई ना.८ ख ४३३७ नम्बरको टिपर मादक पदार्थ सेवन गरी चलाएको फेला पारी कारबाही गर्ने क्रममा उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।