अवैध लागूऔषध बरामत

अवैध लागूऔषध बरामत

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २८, २०७६

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित हरियाली सामूदायिक जंगलबाट करिब ३५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । 

नेवारपानीस्थित सडकमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीलाई देखेर मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.६१ प २४९ नम्बरको मोटरसाइकल भागेकोले प्रहरीले पिच्छा गर्दै जाँदा सो जंगलमा उक्त मोटरसाइकल र प्लास्टिकको बोरामा रहेको लागूऔषध गाँजा छाडी मानिस फरार भएपछि उक्त गाँजा बरामद भएको हो । फरार व्यक्तिको खोजी गरिरहेको उक्त इलाका प्रहरी कार्यालयले जनाएको छ ।  

बाँके, नेपालगंज उपमहानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध १ सय ५० थान नाईट्राभेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने २५ वर्षीय बीरमान बुढाथोकी र हुम्ला चङ्खेली गाउँपालिका–४ बस्ने २३ वर्षीय मदन कुमार शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आइरहेका उनीहरूलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।