३० वर्षपछि तामाङ पक्राउ !

३० वर्षपछि तामाङ पक्राउ !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २८, २०७६

काठमाडौं । गोकर्णेश्व र नगरपालिका–५ जम्बुडाँडाबाट ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वकर नगरपालिका–८ अत्तरखेल बस्ने ३० वर्षीय बिष्णु तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई देखि भाग्दै गरेका उनलाई बाँया खुट्टामा १ राउण्ड गोली प्रहार गरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ तामाङलाई उपचारको लागि वीर अस्पताल लगिएको र अवस्था सामान्य रहेको महानगरीय वृत्त बौद्धले जनाएको छ ।  
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।