रेशम सापकोटा राईफल र गोली सहित प्रहरी नियन्त्रणमा

रेशम सापकोटा राईफल र  गोली सहित प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २८, २०७६

म्याग्दी । बेनी नगरपालिका–२ भकुण्डेबाट ३०३ भी ८९४० नम्बरको राईफल १ नाल, सोको म्याग्जिनमा लोड भएको गोली ७ राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक १ थान र सोको बारुद छर्रा ३ डब्बा कच्चा पदार्थ सहित सोही स्थान बस्ने ३० वर्षीय रेशम सापकोटालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले सापकोटाको घर तलासी गर्दा उक्त हातहतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।