रुद्राक्ष र बुद्ध चित्त सहित मुन्ना यादब पक्राउ

रुद्राक्ष र बुद्ध चित्त सहित मुन्ना यादब पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २८, २०७६

मकवानपुर । मनहरी गाउँपालिका–७ मनहरीबाट बुद्ध चित्तको माला १ हजार ७ सय ७० थान, सोको दाना करिब २५ किलो र रुद्राक्षको माला १ सय ४४ थान सहित भारत बिहार बस्ने ३२ वर्षीय मुन्ना यादब लगायत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । 

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भारततर्फ जाँदै लागेको बीआर०१ पीएच ४९४० नम्बरको जिप जाँच गर्ने क्रममा झोला र प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त सामान सहित उनीहरूलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।