५ सय ग्राम गाँजा सहित २ जना पक्राउ !

५ सय ग्राम  गाँजा सहित २ जना पक्राउ !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २९, २०७६

काठमाडौं । ललितपुर, बाग्मती कोरिडर यूएनपार्कस्थित सडकबाट करिब ५ सय ग्राम लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही स्थानमा खटिएको प्रहरीले जाँचको क्रममा बा.४८ प ५९३० नम्बरको मोटरसाइकलमा चालक छिरिङ लामा सहित २ जनालाई उक्त लागूऔषध साथमा फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, पुनर्वास नगरपालिका–१० दोधापुलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २६ ट्याब्लेट र चरेश जस्तो देखिने बस्तु करिब ८ ग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय पुस्कर चौधरी, २५ वर्षीय प्रमिश थापा र २३ वर्षीय बिरेन्द्र राना रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीबाट खटिएको प्रहरीले बा.३ च ९३९२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार  उनीहरुको साथमा उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । 

 यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।