राजधानीमा नगद तथा सुनका गहना चोरी बढ्दै

राजधानीमा नगद तथा सुनका गहना चोरी बढ्दै

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २९, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–५ भत्केको पुल डेरा गरी बस्ने दोलखा घर भएका ४२ वर्षीय विष्णु बहादुर कार्कीको कोठाबाट सुनको विभिन्न गहना र नगद ३० हजार रुपैयाँ गरी करिब १६ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । 

ललितपुर, महानगरपालिका–२५ भैंसेपाटी बस्ने राजन केसीको घरबाट सुनचाँदीका विभिन्न गहना र ५० हजार रुपैयाँ नगद गरि करिब १ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ । 

चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।