करेन्ट सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

करेन्ट सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २९, २०७६

काठमाडौं । बर्दीया, बढैयाताल गाउँपालिका–६ मैनापोखर बजार बस्ने शिव कुमार थारुको फेन्सी पसलमा सोमबार बेलुका करेन्ट सर्ट भई आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका–१३ खैरियास्थित गौतम प्लास्टिक फयाक्ट्रीमा मंगलबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा प्लास्टिकको कवाड तथा बिजुलीको ट्रान्सफर्मर समेत जलेर करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
 
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।