बसभित्र अश्लिल हरकत गरी सामाजिक संजालमा अपलाेड गर्ने रुचाल पक्राउ

काठमाडौं । अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाउने तनहुँ अरुणोदय घर भई चितवन भरतपुर उपमहानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक संजालमा र प्रोनसाइडमा अपलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी पक्राउ गरिएको हो ।
 
रबिनले १ वर्ष अगाडि सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेर भाइरल भएपछि सामाजिक संजाल प्रयोगकर्ताले संजाल मार्फत नै गालीगलौज गरेका थिए । त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भागेर भारतको दिल्लीमा गई बसेको र २र३ महिना अगाडि चितवनस्थित आफ्नै घरमा आई बसेको अनुसन्धानबाट खुल्न आएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।