२०२१ सालदेखि रहेकाे प्रहरी चाैकी अन्यत्र नसार्न माग (मागपत्रसिहत)

२०२१ सालदेखि रहेकाे प्रहरी चाैकी अन्यत्र नसार्न माग (मागपत्रसिहत)

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २९, २०७६

काठमाठडाैँ ।  संघीय सांसद बिशाल भट्टराईले खोटाङ जिल्लाकाे दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स्थित    छितापोखरीमा  विगत लामाे समयसम्म रहेको  प्रहरी चौकीलाई  यथावत राख्न गृहमन्त्री रामबहादुर थापालाई २०७६ साल पुस २९ गत एक प्रतिनिधिमण्डल सहित भेटी  माग  गर्नु भएकाे छ । 

उक्त्त प्रहरी चाैकफ २०२१ सालदेखि उक्त स्थापनामा प्रहरी चौकी रहेकाे र  अन्यत्र नसार्न माग गर्नु भएकाे हाे । 

प्रहरी चौकीलाई  याङ्सोलाटारमा रहेको गाउँपालिकाको केन्द्रमा सार्ने तयारी भएपछि स्थानीयले समेत प्रहरी चौकीलाई यथास्थानमा राख्न माग गर्दै  आइरहेका छन् ।  मन्त्री परिषदको गत असोज ७ गतेको बैठकले प्रहरी चौकीलाई गाउँपालिकाको केन्द्र याङसोलाटारमा सार्ने निर्णय गरेपछि यथास्थानमा राख्नका लागिसंघीय सांसद  भट्टराई  सहितकाे टाेलीलाई गृहमन्त्रालाई भेटी उक्त माग गरेकाे हाे । 

प्रहरी चौकी सछितापोखरीलाई यथास्थानमा कायम गर्नका लागि बनेको सहयोग समितिका संयोजक केशव कार्कीले मंसिर अन्तिम साता जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै अन्यत्र स्थानान्तरण नगर्न माग गरेका थिए। दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका जनप्रतिनिधि, दलका प्रतिनिधि, शिक्षक, बुद्धिजिवी, स्थानीयको गत कात्तिक २९ गतेको बैठकले साविककै स्थानमा स्थायीत्व दिनका लागि नेपाल सरकारलाई माग  गरेको थियो।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छितापोखरी, सछितापोखरी, छोरम्बु, बतासे, डाँडागाउँ, टेम्मा, खोटेहाङ गाउँपालिकाको चिप्रिङ लगायतका ठाउँका स्थानीय लाभान्वित हुँदै आएको प्रहरी चौकीलाई अन्यत्र सार्न अस्वभाविक र दुःखद भएको सांसद भट्टराईकाे भनाइ रहेकाे छ ।  ‘मन्त्री परिषद र जिल्ला सुरक्षा समितिले गलत निर्णय गरेको छ,’ सांसद भट्टराईले भने, ‘गाउँपालिकाको केन्द्रमा पनि प्रहरी चौकी चाहिन्छ तर ५५ वर्ष अघिदेखि रहेको प्रहरी चौकीलाई पनि हटाउन उपयुक्त होइन।’

गाउँपालिकाको मध्यभागमा रहेको, व्यपारिक केन्द्रकारुपमा रहेको, ऐतिहासिक पोखरी, धार्मिकस्थल लगायतका संरचना भएको सछितापोखरीका स्थानीयले चार रोपनी भन्दा बढि जग्गा उपलब्ध गराएर भवन बनाइदिएपछि प्रहरीचौकी स्थापना गरिएको थियो।