मलेसिया–भारतबीच तनाव, माहथिर भन्छन् : भारतसँग झुक्दिनँ

मलेसिया–भारतबीच तनाव, माहथिर भन्छन् : भारतसँग झुक्दिनँ

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ १, २०७६

मलेसिया र भारतमा पहिला काश्मिर र पछि एनआरसी–सीएएलाई लिएर सुरु भएको गतिरोध अझ बढिरहेको छ ।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले जम्मु–काश्मिरको विशेष दर्जा अन्त्य गर्ने र एनआरसी–सीएएमा भारतले गरेको कडाइको आलोचना गरेका थिए ।

यसपछि भारतले जवाफमा मलेसियाबाट पाम तेलको आयातमा लगभग बन्देज लगायो । मलेसियाले भारतको यस कदमलाई लिएर चिन्ता व्यक्त गरेको थियो तर प्रधानमन्त्री मोहम्मदले एक पटक फेरि भारतसँग भने कि मलेसियालाई आर्थिक नोक्सानि भए पनि गलत कुराका विरुद्ध बोलिरहनेछ ।

भारत खाने तेलको सबैभन्दा ठूलो आयातकर्ता हो । समाचार संस्था रोयटर्सका अनुसार अघिल्लो साता भारतका व्यापारीले मलेसियाबाट आउने प्रशोधित पाम तेलको आयातलाई रोकिदिएका छन् । इन्डोनेसियापछि संसारकै दोस्रो ठूला पाम तेल निर्यातक देश हो मलेसिया ।

हालका दिनमा महाथिरले भारत र साउदी अरब दुवै देशलाई निशानामा लिएका छन् । जम्मु–काश्मिरको विशेष दर्जा जब भारतले अन्त्य गर्‍यो, महाथिर मोहम्मदले भने कि भारतले काश्मिरमाथि हमला गरेर त्यसलाई आफ्नो कब्जामा लियो ।

भारतको आयात रोकिएपछि मलेसियाको पाम तेल प्रशोधनलाई निकै ठूलो नोक्सानि हुनेद्ध । महाथिरले भनेका छन् कि उनको सरकारले यसको केही समाधान अवश्य निकाल्नेछ ।

महाथिरले पत्रकारसँग भनेका छन्, ‘हामी यसलाई लिएर चिन्तित छौँ किनकि भारत हाम्रो पाम तेलको ठूलो खरिदकर्ता हो । तर, अर्कातर्फ यदि केह ीगलत भइरहेको भए हामी प्रस्ट हुनु आवश्यक छ । हामी गलतलाई गलत नै भन्छौँ । यदि हामी फाइदा हेरेर गलतलाई गलत नै भइरहन दिएर केही बोलेनौँ भने केही कुरा साँच्चै गलत दिशामा जानेछ । फेरि हामी पनि गलत नै गर्न थाल्छौँ ।’

तनावपछि भारतले पाम तेल मलेसियाको बदलामा इन्डोनेसियादेखि आयात गर्न थालेको रोयटर्सले जनाएको छ ।

यसपछि भारतले इन्डोनेसियासँग प्रति टन १० डलर बढी तिरेर पाम तेल खरिद गर्दै आएको छ ।

भारतको विदेश मन्त्रालयले बिहीबार भनेको छ कि पाम तेल खरिद कुनै खास देशबाट जोडिँदैन । उसले कुनै पनि प्रकारको कारोबार दुवै देशको सम्बन्धमा निर्भर रहन्छ र यही आधारमा व्यापारिक सम्बन्ध पनि बन्छ ।

मलेसियाका अधिकारीका अनुसार भारतको यस कदमले मलेसियालाई ठूलै नोक्सानि हुनेछ । तर, मलेसियाले यस नोक्सानिको भरपाई पाकिस्तान, फिलिपिन्स, म्यान्मार, भियतनाम, इथियोपिया, साउदी अरबलगायतका देशबाट गर्नेछ ।