आपको बगैंचामा पेस्तोल !

आपको बगैंचामा  पेस्तोल !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १, २०७६

धनुषा । जनकनन्दनी गाउँपालिका–५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन् ।

सोही ठाउँस्थित हतियार पड्काउदै हिँडेको भन्ने  सूचना प्राप्ता हुनासाथ ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरीले महतोको घरभन्दा करिब ५ सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।