लागूऔषध बाेक्ने  सहित ७ जना प्रहरी नियन्त्रणमा

लागूऔषध बाेक्ने  सहित ७ जना प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १, २०७६

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध चरेश १ किलो १५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप उपकुण्ड गाउँपालिका–२ बस्ने २३ वर्षीय फुर्वा शेर्पा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय जिव छिरीङ शेर्पा रहेका छन् । गस्तीमा खटिएको प्रहरीले बा.४९ प ९८४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, गोदावरी नगरपालिका–९ जल्खु मोडबाट रुपन्देही बुटवल घर भई हाल भक्तपुर लोकन्थली बस्ने २० वर्षीय विकास कलेड लगायत ५ जनालाई २ केजी ६० ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग चुनिखेलबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।