१ लाख बराबरको सामान सहित २ जना प्रहरी खोरमा

१ लाख  बराबरको सामान सहित २ जना प्रहरी खोरमा

लोकसंवाद संवाददाता  |  समाज  |  माघ १, २०७६

सप्तरी । बलान बिहुल गाउँपालिका–४ स्थित सडकमा भन्सार छली ल्याउँदै गरेको लेडिज कुर्ता र साडी लगायतका करिब १ लाख रुपैयाँ बराबरको सामान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खडक नगरपालिका–७ बस्ने २३ वर्षीय उपेन्द्र प्रसाद साह र बोदेबर्साईन नगरपालिका–५ बस्ने ४७ वर्षीय संजिव कुमार अग्रवाल रहेका छन् । प्रहरी चौकी बेल्हि र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स।१ च १०१७ नम्बरको बलेरो जिपलाई जाँच गर्ने क्रममा भन्सार छली ल्याएको उक्त सामान सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।