लाखाैंकाे धनमाल जलेर नष्ट

लाखाैंकाे धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १, २०७६

काठमाडौं । सिन्धुली, तिनपाटन गाउँपालिका–२ घर भई कमलामाई नगरपालिका–७ माझिटार बस्ने सेम श्रेष्ठको किराना पसलमा मंगलबार बेलुका आगलागी भई सोही ठाउँ बस्ने हिरा प्रधानको घर र सोही घरमा रहेको सिन्धुली तिनपाटन गाउँपालिका–६ बस्ने निरोज थापाको होटलमा समेत फैलिँदा तीनै जनाको गरी करिब २२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका–६ थापाचोक बस्ने राम बहादुर थापाको गोठमा मंगलबार साँझ आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
 
नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ शिखरबेशी नकुले बस्ने ढुम प्रसाद ओलीको घरमा विजुली सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब ५ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।