चीन–अमेरिकाबीच व्यापार सम्झौता, यी हुन् शर्त

चीन–अमेरिकाबीच व्यापार सम्झौता, यी हुन् शर्त

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ २, २०७६

अमेरिका र चीनबीच लामो समयसम्म चलेको व्यापार युद्धलाई क मगर्न एउटा सम्झौतामा हस्ताक्षर भएको छ ।

दुई देशबीच जारी व्यापारिक तनावबाट स्थानीय बजारमा मात्र नभएर विश्व अर्थव्यवस्थामै नकारात्मक असर परिरहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उक्त सम्झौता अमेरिकाको अर्थव्यवस्थामा परिवर्तन ल्याउन महत्त्वपूर्ण हुनेछ ।

उता, चीनका नेताहरूले भने यस सम्झौतालाई हरप्रकारबाट फाइदाको सम्झौता भनेका छन् । उनीहरूले यसबाट दुई देशबीच सम्बन्ध सुधार गर्नमा सहयोग पुग्ने पनि बताएका छन् ।

उक्त सम्झौताका कारण चीनले आफ्नो आयातमा २०० बिलियन डलरसम्म बढाउने वाचा गरेको छ ।

‘विगतका गल्ती सुधार्ने प्रयास’

सम्झौताका कारण अमेरिका केही चिनी उत्पादनमा लगाएको उत्पादन शुल्क ५० प्रतिशतसम्म क मगर्न सहमत भएको छ ।

यद्यपि, सीमा शुल्कको एउटा ठूलो हिस्सा अहिले पनि पहिलेजस्तै रहनेछ । दुई देशका प्रतिनिधि र व्यापारी यसबारे भविष्यमा कुरा गर्नेछन् ।
युएस चेम्बर अफ कमर्शमा चिनी केन्द्रका अध्यक्ष जेरेमी वाटरम्यानले भनेका छन्, ‘अझै धेरै काम बाँकी छन् । अहिले जे भएको छ, त्यसबाट खुसी नै हुनुपर्छ तर अगाडिका निर्णयका लागि लामो समय पर्खिनुहुँदैन ।’

अमेरिका र चीन सन् २०१८ देखि नै ‘जस्तालाई तस्तै’को रणनीतिबाट व्यापार युद्धमा अल्झिइरहेका थिए । यसको परिणाम ४५० बिलियन डलरभन्दा बढी मूल्यका उत्पादनमा अतिरिक्त शुल्क लगाइयो ।

यी सबै कुराबाट व्यापार प्रवाह मात्र प्रभावित भएन, विश्व अर्थव्यवस्था र लगानीमा पनि असर देखियो । दुई देशले यस सम्झौमा वासिङ्टनमा प्रतिष्ठित व्यापारीका बीच हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि राष्ट्रपति ट्रम्पले यसबाट चीन र अमेरिकाबीच अझ मजबुत सम्बन्ध बन्ने धराणा व्यक्त गरे ।

ट्रम्पले भने, ‘हामी दुई मिलेर अघिल्ला गल्तीलाई सुधार गरिरहेका छौँ । हामी आर्थिक न्याय र सुरक्षावाला भविष्य तयार गरिरहेका छौँ । सम्झौता आफ्ना ठाउँमा छ, यसभन्दा पनि बढी यो विश्वमा शान्ति ल्याउने एउटा प्रयास हो ।’

यी हुन् सम्झौताका शर्त

– चीनले सन् २०१७ का तुलनामा आफ्नो अमेरिकी आयातमा कम्तीमा २०० बिलियन डलर बढाउने । यसका लागि उसले कृषि आयातमा ३२ बिलियन, भौतिक संरचनामा ७८ बिलियन, ऊर्जामा ५४ बिलियन तथा आयात र सेवा क्षेत्रमा ३८ बिलियन डलर बढाउनेछ ।

– चीनले बौद्धिक सम्पदा कानुनलाई अझ कडा बनाउने सहमति पनि जनाएको छ । यसबाट बौद्धिक सम्पदाका नियम उल्लंघन गर्ने कम्पनीका लागि कानुनी कारबाही हुनेछ ।

– अमेरिकाले ३६० बिलियन डलर मूल्यको चिनी उत्पादनमा लगाइने शुल्कमा ५० प्रतिशतबाट घटाएर २५ प्रतिशतसम्म राख्ने वाचा गरेको छ ।