जङ्गलमा गएर तास खेल्ने ५ जना प्रहरी नियन्त्रणमा

जङ्गलमा गएर तास खेल्ने ५ जना प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २, २०७६

बनेपा । बनेपा इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र  दुई वटा चेकबुकसमेत बरामद भएको जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।