‘लक्का जवान’ को  ‘मन त मेरो लक्का जवान’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

‘लक्का जवान’ को  ‘मन त मेरो लक्का जवान’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २, २०७६

काठमाडौं । हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी चलचित्र ‘लक्का जवान’ को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको टाइटल बोल्ने ‘मन त मेरो लक्का जवान’ बोलको गीतमा बाबुल गिरीको संगीत र डिपी खनालको शब्द रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको  गीतमा संगीतकार बाबुलसँगै मिना निरौलाको आवाज रहेको छ ।
 

फिल्मका सम्पूर्ण कलाकारलाई स्थान दिइएको गीतको भिडियो बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायतले गीतमा ठुम्का लगाएका छन् ।
 
ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह(निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । 
 
फिल्ममा अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा देखिने चलचित्रको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो । चैत २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । 
 
भिडियो यहाँ हेर्न सकिन्छः