१०७ थान मोबाइल फोनका सेट प्रहरीद्वारा बरामद

१०७ थान मोबाइल फोनका सेट प्रहरीद्वारा  बरामद

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २, २०७६

काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको न.६ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको न७ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो ।   

प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त थापाले दुई बसमा जाँचका क्रममा ३५ लाख रुपैयाँ मूल्य बराबरको मोबाइल बरामद गरेको जानकारी दिनुभयो ।

‘चालक बस्ने सिट पछाडि सेतो टेपले बेरेर ल्याएको अवस्थामा बरामद गरेका हौँ’, उहाँले भन्नुभयो । 

सबै फोनका सेटलाई अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।