देशभर जाडाे बढ्याे, धेरैजसाे स्थानमा हिमपात

देशभर जाडाे बढ्याे, धेरैजसाे स्थानमा हिमपात

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २, २०७६

काठमाडौं ।  देशका पश्चिम र मध्ये भागमा वर्षा र हिमपात भएपछि आज देशभर पुनः चिसो बढेको छ । पश्चिमी न्यून चापीय वायुको असरका कारण देशका पश्चिम र मध्यका अधिकांश स्थानमा हिमपात तथा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । 

पश्चिमी वायु भित्रिएपछि बुधबार बेलुकीदेखि नै ती क्षेत्रको मौसममा पूर्णरूपमा बदली देखिएको थियो । अहिले काठमाडौं उपत्यकाका केही स्थानमा पनि हल्का पानी परिरहेको छ । बेलुकासम्म देशका धेरै स्थानमा मेघ गर्जनसहित बर्षा र हिमपातको सम्भावना रहेको मौसमबीद् श्रेष्ठले बतानुभयो । हिमाली र उच्च पहाडका धेरैजसो ठाउँमा हिमपात हुने सम्भावना छ।

भोलिसम्मै मौसम बदली भई मेघ गर्जनसहित वर्षा र हिमपात हुँदा जनजिवन प्रभावित हुने भएकाले सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ। शनिवार बेलुकादेखि मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।