१२ वर्षसम्मका बालबालिकालाई डिसहोम ल्यायो ‘राइम्स’ च्यानल

१२ वर्षसम्मका बालबालिकालाई डिसहोम ल्यायो ‘राइम्स’ च्यानल

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ३, २०७६

काठमाडाैँ ।डिटीएच सेवा प्रदायक कम्पनी डिसहोम (Dishhome)ले २ देखि १२ बर्षसम्मका बालबालिकालाई लक्षित गर्दै विशिष्ट च्यानल राइम्स (Rhymes) प्रदायक ल्याउन लागेको जनाएको छ । 

डिसहोमले जारी गरेको एक प्रेस विज्ञप्तीका अनुसार यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्ने र भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधारमा तयार पारेको समेत जनाएको छ । 

साथै बिज्ञप्तीमा भनिएको छ मनोरञ्जन दिने उद्देश्यले एक कदम अगाडि बढ्दै डिसहोमले एउटा विशिष्ट च्यानल 'Rhymes' २ देखि १२ बर्षसम्मका बालबालिकाहरुको लागि अत्यन्तै अन्तर्कियात्मक च्यानल भएको उल्लेख गरेको छ । 

डिसहोमका अनुसार यो च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिने छ र च्यानलले बालबालिकाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत पुग्ने समेत उल्लेख गरेको छ ।  

डिसहोमले थुर्पै डिजिटल एचडी च्यानलहरु  चाहे मनोरञ्जन होस्, कुनै कुराको ज्ञान होस, खेलकुद होस् या त्यो केहि सिक्नको लागि आफ्ना विभिन्न च्यानलहरु मार्फत दृश्य तथा मनोरञ्जन प्रदान गर्दै आइरहेको छ ।