प्रशान्त उप्रेती | साहित्य | माघ ४, २०७६
दुनियाँ पूरै अस्ट्रेलिया दनदनी जलिरहेको देख्छन्
यहाँ मेरो मन जलेको को देख्छन् ?
विश्व पूरै लागेका छन् महादेशको आगो निभाउन
मात्र एकको पर्खाइ छ यो दिलको आगो निभाउन ।
फूलचोकीको हिउँ खेलेर प्रेममा फस्नेहरूलाई
सुनाइदेऊ मेरो पीडा हरेक प्रेमीलाई
आफू चिसिएर तिम्रा सम्बन्ध कस्न लाग्नुपरेको छ मलाई
चिसो सबै गलत हुन्छ भन्ने मेरो समाजलाई ।
आफ्नो हैसियत थाहा पाउन पनि
आफन्त, परममित्रको नै प्रहार जरुरत पर्नेरहेछ
अधवैँसमै मर्ने रहर पूरा गर्न भए पनि
पीडा दिने आफन्त नै कुर्नुपर्नेरहेछ ।
जति घमण्ड गरे पनि मै भनी
दागबत्ती दिने आफन्त नै चाहिनेरहेछ
जल्ने, बल्ने, भुल्ने अनि मर्ने लडाइँमा पनि
अमूल्य, निकट अनि सखी चाहिँदोरहेछ ।