फागुन ९ बाट अष्ट्रेलिया र अमेिरकामा पनि पर्दशनमा हुँदै ‘आमा’

फागुन ९ बाट अष्ट्रेलिया र अमेिरकामा पनि पर्दशनमा हुँदै ‘आमा’

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ ५, २०७६

काठमाडाैं । आगामी महा शिवरात्रिको अवसरमा रिलिज हुन लागेको मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘आमा’ को प्रचार प्रसार सामाग्रीको स्वरूप ट्रेलर सार्वजनिक भैसकेको छ । आमा–छोरीको कथा बाेकेकाे चलिचत्रले नेपाली समाजमा आमा–बाबुको निधनमा छोराले मात्र दागबत्ती दिने मान्यतालाइ चुनौती दिँदै छोरीले पनि आमा बुवाको अन्तिम संस्कार गरेको उदाहरण केही देखिन थालेका परिवेशलाइ चलचित्रमा देख्न सकिन्छ । 

यसै विषय वस्तुमा रहेर बनेको चलचित्रको ट्रेलर सार्वजनिक भएपछि उक्त चलचित्रको विदेशमा माग बढेको छ । निर्देशक दीपेन्द्र के. खनालले चलचित्र नेपालमा प्रदर्शन भएको दिन नै अस्ट्रेलिया र अमेरिकामा एकसाथ प्रदर्शन हुने जानकारी दिनुभयो । यसै गरी अन्य देशका लागी पनि विभिन्न कम्पनीहरू सँग कुरा भइरहेको बताइएको छ । 

सह–निर्मातामा सन्तोष अधिकारी र शर्मिला पाण्डेको निर्माण रहेको चलिचत्र ‘आमा’मा मिथिला र सुरक्षाका साथमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकारको अभिनय छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशकको आफ्नै लेखन र छायाङ्कन रहेको छ । चलिचत्र फागुन ९ गतेबाट देशभर प्रर्शन  हुदैंछ ।