३१ थान नेपाली नक्कली नोट सहित २ जना पक्राउ

३१ थान नेपाली नक्कली नोट सहित २ जना पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  माघ ५, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकी चोकबाट १ हजार दरको ३१ थान नेपाली नक्कली नोट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।
 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।