खसीमा पनि भन्सार छली !

खसीमा पनि भन्सार छली   !

लोकसंवाद संवाददाता  |  समाज  |  माघ ५, २०७६

कपिलवस्तु । बिजयनगर गाउँपालिका–५ नौरङ्गियाबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको ५४ वटा खसी शनिबार साँझ प्रहरीले बरामद गरेको छ । 

ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीलाई देखेर ल्याउँदै गरेको उक्त खसीहरू छोडी मानिस फरार भएपछि ती खसीहरू नियन्त्रणमा लिइएको उक्त प्रहरी कार्यालयले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।