ग्रण्ड प्रिक्स अवार्ड जापानको लागि ८ नेपाली बालबालिकाहरुकाे छनाैट

ग्रण्ड प्रिक्स अवार्ड जापानको लागि ८ नेपाली बालबालिकाहरुकाे छनाैट

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ ६, २०७६

काठमाडौँ । ‘मित्सुबिसी एसियाली बाल चित्र–डायरी महोत्सव २०१९–२०२०’ का लागि नेपालका विभिन्न जिल्लाहरूबाट ८ ओटा उत्कृष्ट बाल चित्र डायरी छनोटमा परेका  छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबारले दिएको जानकारी अनुसार यसरी उत्कृष्ट बाल चित्र डायरी छनोटमा परेका बालबालिकाहरुमा ब्रिसिका तामाङ, वर्ष १२, कक्षा ६, श्री महमाई आधारभूत विद्यालय, इलाम नगरपालिका ९, इलाम,  प्रेममाला यादव, वर्ष १२, कक्षा ६, श्री सिद्धार्थ मा. वि., चिनीमिल, वीरगञ्ज १४, पर्सा, अविनाश रेग्मी, वर्ष ११, कक्षा ४, गुडस्टार्ट बोर्डिङ स्कुल, धुनिबेसी न. पा. ६, धार्के बजार,  धादिङ,  भावना भुजेल, वर्ष ११, कक्षा ४, तरुण मा. वि., बालाजु, काठमाडौँको उत्कृठ आठ बाल चित्र भित्र परेका छन् । 

त्यसै गरी उत्कृठ आठ बाल चित्रमा पर्नेहरुहमा अनुष्का कुमारी, वर्ष १२, कक्षा ४, निलबाराही मा. वि., काठमाडौँ, पूर्णिमा बुढाथोकी, वर्ष १२, कक्षा ७, जयबागेश्वरी मा. वि., नेपालगञ्ज, बाँके, सन्ध्या शाही, वर्ष ११, कक्षा ७, श्री जनसेवा मा. वि., सुध्रा, सुर्खेत र मनीषा गुरु धामी, वर्ष ११, कक्षा ७, श्री बजैनाथ मा. वि., नयाँ तिलकपुर, कञ्चनपुर रहनु भएको छ । 

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले दिएकाे जानकारी  छनौट भएका आठ  ओटा बाल चित्र डायरी माघ १७ सम्म  जापानमा पठाइने छ । यसरी पठाएको रचनालाई  २०२० को अप्रिल महिनामा अन्तर्राष्ट्रिय रूपमा छनोट गरिने र त्यसको परिणाम मे महिना घोषणा हुने छ । 

यसरी घोषणा अनुसार ‘ग्रण्ड प्रिक्स अवार्ड’को लागि नेपालबाट छनोट हुने एक जनाको लागि जापानको अध्ययन भ्रमणको निम्तो प्राप्त हुनेछ  र  एक जना अभिभावक सहित १५ दिन सम्मको जापानको अध्ययन भ्रमण प्राप्त गर्न अवसर प्राप्त हुनेछ । त्यसै गरी ‘एसियन प्यासिफिक फेडेरशन अफ युनेस्को एन्ड एसोसिएसन अवार्ड’ एक जना,  मित्सुविसी पब्लिक अफेयर्स अवार्ड एक जनालाई दिइनेछ । छनोटमा परेका आठ वटा मध्यबाट ‘नेश्नल फेडेरेशन अफ युनिस्को  एसोसिएसन जापान अवार्ड’ एक जना र ‘एक्सिलेन्स अवार्ड‘द्वारा अन्य चार जनालाई  पुरस्कृत गरिने छ ।

यसरी देशभरिबाट आठ उत्कृष्ट ‘मित्सुबिसी एसियाली बाल चित्र–डायरी महोत्सव २०१९–२०२०’   छनोटका लागि युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले   २०७६ साल साउन  १६ गतेको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी ६ वर्ष देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरूलाई बाल चित्र डायरी प्रतियोगितामा २०७६ साल मङ्सिर मसान्त सम्म बाल चित्र तयार गरी  युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयमा  पठाउन आह्वान गरेको थियो । 

यसको लागि ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई मार्फत ‘यही हो मेरो जीवन’ विषयमा बाल चित्र डायरी तयारीको लागि शिक्षक निर्देशिका सहित बाल चित्र डायरी तयारीका लागि आवश्यक पर्ने पेन्सिल, कटर, कलर, इरेजर लगायतका सामाग्री सहित  बाल चित्र  डायरीका लागि मापदण्ड पनि उपलब्ध गराइएको सचिवालयले जनाएको छ । 

सचिवालयले दिएको जानकारी अनुसार  बाल चित्र डायरीका लागि विभिन्न  जिल्ला र प्रदेशहरूबाट ४६८ जना बालबालिकाहरूको  बाल चित्र डायरी  युनेस्को सचिवालयमा प्राप्त भएकोमा  २३३ छात्र र २३५ छात्राहरूले भाग लिनु भएको थियो । त्यसमा उमेरगत रूपमा  ६ वर्षका  २ जना, ७ वर्षका   १० जना, ८ वर्ष का २२ जना, ९ वर्षका ३६ जना, १० वर्ष का  ८९ जना ११ वर्षका १२३ जना र १२ वर्षका १७६ जनाको बाल चित्र डायरीमा  भाग लिएका थिए । 

यस सम्बन्धी जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार, काठमाडौँको आयोजना र मित्सुविसी पब्लिक अफेयर्स कमिटी एसियन प्यासिफिक फेडेरेसन अफ युनेस्को क्लब एन्ड एसोसिएसनरनेसनल फेडेरेसन अफ युनेस्को एसोसिएसन इन जापानको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।  बालबालिकाको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले एसियाका २४ ओटा देशहरूका बालबालिकाहरूको प्रतिभा पहिचान यो कार्यक्रम केन्द्रित रहेको छ ।  नेपालका बालबालिकाहरूको चित्रकलाको कुशलता विश्व सामु फैलाउन ‘मित्सुबिसी एसियाली बाल चित्र–डायरी महोत्सव २०१९–२०२०’ कार्यक्रम सञ्चालन गरिएको सचिवालयले जनाएको छ ।  

२०७६ माघ ६ गते साेमबारबारका  दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको प्रमुख आतिथ्यमा  नेपाल कला परिषद् बबरमहलमा राष्ट्रिय स्तरको प्रदर्शन कार्यक्रम ‘मित्सुबिसी एसियाली बाल चित्र–डायरी महोत्सव २०१९–२०२०’ कार्यक्रमको आयोजना गरिएको  थियाे । याे प्रदर्शनीकाेकार्यक्रम २०७६ माघ  ७ गतेसम्म सञ्चालन हुनेछ ।