‘सयौँ तारासँग भिख मागेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसिहत)

‘सयौँ तारासँग भिख मागेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक  (भिडियोसिहत)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ ७, २०७६

काठमाडौँ । गायक विजय मुकारुङ राईद्वारा स्वरबद्ध ‘सयौँ तारासँग भिख मागेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बालकुमार गौतमको शब्द रहेको गीतमा रमेश सुनुवारले सङ्गीत दिएका छन् । सङ्गीत संयोजन पदम बिसीले गरेका छन् । भिडियो बुढासुब्बा म्युजिकको युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

कृष्ण तामाङद्वारा निर्देशति भिडियोमा सुमन, सुजा, साहिल, सलिना र चन्द्रको अभिनय रहेको छ । भिडियो छायाङ्कन तथा सम्पादन तिलक रिजालले गरेका छन् शृङ्गार कृष्ण सुवेदीको रहेको छ ।

‘सयौँ तारासँग भिख मागेर’ बोलको गीतको म्युजिक भिडियो यहाँ हेर्न सिकन्छ