'कालीको ठुम्का’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसिहत)

'कालीको ठुम्का’  म्यूजिक भिडियो सार्वजनिक  (भिडियोसिहत)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ ७, २०७६

काठमाडौं । अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । गायक घिमिरेकै शब्दरसङ्गीत, उदयराज पौडेलको एरेञ्ज र कार्टून क्रुज तथा भीमफेदी गाइजको बेजोड नृत्य रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

निर्मल लामाले निर्देशन, पवन शुसलिङको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा चर्चित मोडल आशमा विश्वकर्मालाई कालीको भूमिकामा देख्न सकिन्छ । आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामालगायत अन्य कलाकारले साथ दिनु भएकाे छ ।

गायक अजित घिमिरेले यस अघि साङ्गीतिक एल्बम ‘प्रस्तुति’ सार्वजनिक गरिसक्नु भएकाे छ ।   सङ्गीतका साधक घिमिरे हाल अमेरिकाको उच्च शिक्षा क्षेत्रमा कार्यरत हुनुहुन्छ भने उहाँले लुजियाना स्टेट युनिभरसिटीबाट वातावरण विज्ञानमा पीएच.डी. गर्नु भएकाे छ  ।  

 

‘कालीको ठुम्का’  म्यूजिक भिडियो यहाँ हेर्न सिकन्छ