पुटिन कूटनीति : बेलारुसलाई रुसमा गाभ्न चाहन्छन् पुटिन ?

पुटिन कूटनीति : बेलारुसलाई रुसमा गाभ्न चाहन्छन् पुटिन ?

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ ७, २०७६

बेलारुसको राजधानी मिन्स्कमा २० डिसेम्बरमा दुई हजार मानिसको भीडले नारा लगाइरहेको थियो कि उनीहरू ‘साम्राज्यवादी रुस’का साथ आउन चाहँदैनन् ।

यो विरोध दुई देशबीच संभावित गठजोडलाई लिएर भइरहेको थियो । दुवै देशमा गहिरो आर्थिक सम्बन्धलाई लिएर संवाद भइरहेको छ ।

रुसी राष्ट्रपति ब्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेँ सेन्ट पिटर्सबर्गमा भेटेका थिए । दुवै राष्ट्रपतिबीच १५ दिनभित्र भएको यो दोस्रो भेट थियो ।

पुटिनले भेटपछि दुई नेता सहमति नजिक बढिरहेका बताएका थिए । यद्यपि, भेटपछि रुसका अर्थमन्त्री म्याक्सिम ओरेस्किनले दुवै पक्षबीच तेल र ग्यासको सहमति बनेको बताएका छन् ।

प्रदर्शनकारीलाई डर छ कि दुई देशबीच बढेको आर्थिक सम्बन्धले उनीहरूलाई सोभियत संघ विघटनपछि प्राप्त स्वतन्त्रतामा कमी आउनेछ ।

प्रदर्शनकारीका हातमा प्लेकार्ड थिए । प्लेकार्डमा लेखिएको थियो, ‘पहिला क्रिमिया र अब बेलारुस । कब्जा बन्द गर ।’

दुई देशबीचको संभावित गठजोडलाई लिएर बेलारुसमा प्रदर्शन जारी छ ।

सन् २०१४ मा क्रिमिया प्रायद्वीपलाई रुसमा मिलाउने र पूर्वी युक्रेनमा पृथकतावादीको समर्थनका कारण बेलारुसमा पुटिनलाई लिएर ठूलो सन्देह बढेको छ । पुटिन पछिल्ला दुई दशकदेखि रुसको सत्तामा छन् । उनको यो कार्यकाल पनि सन् २०२४ सम्म रहनेछ ।

यसपछि पनि उनी सायदै सत्ताबाट हट्नेछन् किनकि संविधान परिवर्तनका लागि प्रधानमन्त्रीलगायत पूरै मन्त्रीमण्डलले राजीनामा दिइसकेका छन् । बेलारुसमा पुटिनलाई लिएर यस कारण पनि सन्देह बढेको हो ।

अघिल्लो महिना ८ डिसेम्बरमा दुई नेताले ‘युनियन स्टेट अफ रुस एण्ड बेलारुस’को बीसौँ वर्षगाँठ मनाएका थिए । दुवै देशबीच उक्त सन्धि ८ डिसेम्बर १९९९ मा भएको थियो ।

‘युनियन स्टेट अफ रुस एण्ड बेलारुस’को अर्थ बेलारुसलाई रुसमा मिलाउने कुरा थियो तर यो कागजमा सीमित भएको छ ।

एक पटक पुनः दुई देशबीच कुराकानी सुरु भएको छ, यस कारण बेलारुसका नागरिकमा डर उत्पन्न भएको छ । ‘युनियन स्टेट अफ रुस एण्ड बेलारुस’लाई ‘सुपरनेसनल इन्टिटी’ भनिएको छ । यसको अर्थ दुई देशमा राजनीतिक, आर्थिक र सामाजिक मेलमिलाप बढ्नेछ ।

अमेरिकी ब्रोडकास्टिङ अफ गभर्नर्समा काम गर्ने बेलारुसका पत्रकार फ्रानक विकोर्का २० डिसेम्बरमा भएको प्रदर्शनमा उपस्थित थिए । उनी भन्छन्, ‘प्रदर्शन अप्रत्यासित थियो । मैले वर्षौंदेखि यस्तो प्रदर्शन देखेको थिइनँ । यस प्रदर्शनलाई सन् २०११ को जस्तै देख्न सकिन्थ्यो ।’