कांग्रेसको उपसभामुख  हुँदा सत्तालाई फाइदा कि  प्रतिपक्षलाई ?

कांग्रेसको उपसभामुख  हुँदा सत्तालाई फाइदा कि  प्रतिपक्षलाई ?

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ८, २०७६

सभामुख वा उपसभामुख दुबै जना एकै पार्टी वा लिंगको हुन नमिल्ने कानुनी प्रवधान रहेको छ । अहिले प्रतिनिधी सभामा सभामुख र उपसभामुख पद रिक्त छ । सदनका जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधी सभाको अध्यक्षता गरिरहनु भएको छ । 

१२ माघमा सभामुखको निर्वाचन हुदैछ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट सिन्धुपाल्चोकबाट निर्वाचित अग्नीप्रसाद सापकोटाले एकल उम्मेदवारी दिएका छन् । एकल उम्मेदवार भएको कारण अन्य कुनै बाधाव्यावधान बेहोर्नु नपरेमा उनी आगामी तीन वर्षे कार्यकालको सभामुख हुने निश्चित भइसेकेको छ । सभामुखमा प्रमुख प्रतिपक्ष कांग्रेसले उम्मेदवारी दिएको छैन । हालसम्मको स्थितीमा उसले सभामुखमा सापकोटालाई समर्थन नगर्ने जनाउँदै आएको छ । 

हुनत कांग्रेसको के भर ! दुई दिन अघिसम्म कांग्रेसको तर्फबाट पुष्पा भुसाललाई सभामुख बनाउने अनौपचारिक निर्णयमा पुगेको कांग्रेस अन्नत: सभामुखमा भने उम्मेदवारी दिएन । यसले कांग्रेस अहिले उपसभामुखको बार्गेनिङको लागि कहिले सभामुखमा उम्मेदवार उठाउने, कहिले समर्थन नगर्ने भनेर भनिरहेको छ । सभामुख सहमतिबाट नै हुनु पर्छ भन्ने सत्ता पक्षलाई लाग्यो भने कांग्रेसले उपसभामुख पाउन पनि सक्छ । तर सहज भने छैन । सत्तारुढ दलले उपसभामुखको लागि उम्मेदवार खोजी रहेको अवस्था छ । एक सिटेहरूलाई उपसभामुख बन, भनेको अवस्थामा संख्याको अधारमा प्रमुख प्रतिपक्ष कांग्रेसलाई वास्ता नगरेपछि कांग्रेस नेताहरू नेकपा नेताको दैलो ढकढकाउन जान थालेका छन् । मंगलबार मात्रै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को घरमा पुगेका थिए । उनी उपसभामुख आफ्नो पार्टीलाई दिन माग गरेका छन्। 

कतिपय विवादित विधयेकहरू रोक्न सभाध्यक्षको भूमिका हुनसक्छ। तर, त्यस्तो अवस्था सभामुखले नै सदनको अध्यक्षता गर्ने छन्। कतिपय सामान्य छलफलको विषयम उपसभामुखले सभाध्यक्षको भूमिका पाउन सक्छ। त्यसैले कांग्रेसले एक सिट घटाएर उपसभामुख बनाउनु भन्दा जनताको आवाज उठाउन सक्ने अर्को एक जना सदस्य तयार पार्न तर्फ केन्द्रित हुने हो कि ?

आफ्नो पार्टी संसदको प्रमुख प्रतिपक्ष भए पनि पौडेल भने कांग्रेस भित्रका प्रमुख प्रतिपक्ष हुन् । उनी तनहुबाट कृष्णकुमार श्रेष्ठ 'किसान' सँग सात हजार मतआन्तरले पराजित भएका थिए। कांग्रेसभित्र प्रतिपक्षको नाममा केन्द्रिय समितिको बैठकमा समेत अनुपस्थित हुने पौडेल उपसभामुख पदको बार्गेनिङ गर्न भने प्रचण्ड निवास धाएपनि आश्‍वस्थ हुन सक्ने अवस्था छैन। 

नेकपा खोज्दै उपसभामुख

सभामुख र उपसभामुख नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट नभएपनि नेपाल कम्युनिष्ट पार्टीले चाहेका पात्र मात्रै सभामुख वा उपसभामुख हुने छन्। मानौ कांग्रेसको पुष्पा भुसालको ठाउँमा डा.डिला संग्रौला पन्त उठाए मात्रै उपसभामुख दिन्छौ नेकपाले भन्यो भने कांग्रेसले कि सो नेतालाई उठाउनु पर्छ कि पद त्याग्नु पर्छ। 

अहिले नेकपा कांग्रेस बाहेकका साना दलबाट उपसभामुख बनाउने नीतिमा अडिग देखिएको छ। प्रतिनिधी सभामा स्वतन्त्र भूमिकामा रहेकी राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचन जितेकी दुर्गा पौडेललाई उसले उपसभामुख बन्नको लागि आग्रह गरेको छ। दुर्गा पौडेलको अनइच्छापछि राष्ट्रिय सभामा चुनावी तालमेल गरेको राष्ट्रिय जनता पार्टी राजपालाई उपसभामुख दिने तयारीमा नेकपा देखिन्छ। अग्‍नी सापकोटाको समर्थकका राजपका सांसद रहनुले पनि यो प्रष्ट संकेत गर्छ। नेकपालाई कांग्रेस, राजपा वा समाजवादी पार्टी मध्ये एक पार्टीबाट उपसभामुख बनाउनु पर्ने छ। नकेपाले पुरुष सभामुख बनाएपछि उपसभामुख महिला नै  खोज्नु पर्नेछ। 

उपसभामुख कांग्रेसले लिँदा कसलाई फाइदा
'मौका पटक-पटक आउदैन आएको मौका खेर जान दिनु हुदैन।' एक सिट मात्र जितेर पनि उपसभामुख पाउँदा जनमोर्चाले किन लिएन होला। स्वभाविक आश्‍चर्य लाग्छ । तर, जनमोर्चा अध्यक्ष चित्रहादुर केसीले भनेका छन्। 'सदनमा पार्टीको उपस्थिती शुन्य हुने र जनताको मत राख्न नपाइने भएकोले उपसभामुख अस्वीकार गरिएको हो । उपसभामुख हुँदा पार्टीबाट राजीनामा त दिनै पर्छ सदस्यको रुपमा जनताका आवाज सदनमा उठाउन पनि सकिदैन।

जनमोर्चाले जितेकै एक जना भएपनि कांग्रेसका प्रत्यक्ष जितेका २३ जना सांसद रहेका छन् भने ३२ प्रतिशत समानुपाति पाएको छ। तर सदनमा उपस्थिती र आवाजको हिसावले भने कांग्रेसका आधा दर्जन सांसद पनि देखिदैनन्। त्यसै मध्येकी एक हुन् पुष्पा भुसाल ।जसलाई कांग्रेसले सभामुखको उम्मेदवारको रुपमा चर्चा गराएर उपसभामुखको बार्गेनिङ गरिरहेको छ। कानुन शास्त्रकी विद्यार्थी भुसाल उपसभामुख भएका सदनमा सरकालाई थप सहज हुने देखिन्छ। सदनमा भुसालले जस्तै सरकारलाई कतिपय विषयमा र्‍याख्‍र्‍याख्ती पार्ने  कांग्रेसका कमै सदस्य रहेका छन्। यसले सरकारलाई थप सहज हुने भएकोले एक प्रकारको संभावना भने रहेको छ। 

तर कांग्रेसले उपसभामुखमा र्‍याल चुहाउनु भने अस्वभाविक हुन्छ। त्यसो त राजनीति जित मात्रै हैन रणनीति पनि हो। सापकोटाका विरुद्धमा कांग्रेसले उम्मेदवार तय गर्नु एक किसिमको सन्देश पनि हुनसक्थ्यो होला । किनकी उनी विवादस्पद पनि छन् । तर सभामुको उम्मेदवारको कमजोरी देखाएर उपसभामुखमा बार्गेनिङ गर्नु कांग्रेसको पदमा र्‍याल चुहाई  बाहेक केही हुनसक्‍दैन। उपसभामुखको एजेण्डा वा अन्य संवैधानिक परिषद्मा पनि त्यति भूमिका रहदैन। जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको भनाई उदृत गर्ने हो भने 'उपुसभामुख सभामुख पिसाव फेर्न जादा सभाको अध्यक्षता गर्ने मात्रैको भूमिका हो।'

उनको यो कुरालाई किन पनि आधार मान्न सकिन्छ भने कतिपय विवादित विधयेकहरू रोक्न सभाध्यक्षको भूमिका हुनसक्छ। तर, त्यस्तो अवस्था सभामुखले नै सदनको अध्यक्षता गर्ने छन्। कतिपय सामान्य छलफलको विषयम उपसभामुखले सभाध्यक्षको भूमिका पाउन सक्छ। त्यसैले कांग्रेसले एक सिट घटाएर उपसभामुख बनाउनु भन्दा जनताको आवाज उठाउन सक्ने अर्को एक जना सदस्य तयार पार्न तर्फ केन्द्रित हुने हो कि ?

याे पनि 

प्रतिपक्षकाे शल्यक्रियाः के सदनमै छ कांग्रेस !