उपमेयर  पराजुलीको ‘सहारा हौ’  नामक म्यूजिक भिडियाे सार्वजनिक (भिडियोसिहत)

उपमेयर  पराजुलीको ‘सहारा हौ’  नामक म्यूजिक भिडियाे सार्वजनिक (भिडियोसिहत)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ ८, २०७६

काठमाडौँ । कवि तथा गीतकार तारा पराजुलीद्वारा रचित प्रेमपरक गीत ‘सहारा हौ मेरो दिलमा घर गरेको मान्छे तिमी, सत्य हजुर हजारौँमा मन परेको मान्छे तिमी’ बोलको गीतमाथि निर्मित भिडियो सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलको युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो ।  

मोरङको बेलबारी नगरपालिकाकी उपमेयरसमेत रहेकी ‘अर्को राजमार्ग’ कविताकृतिकी सर्जक गीतकार पराजुलीको गीति–रचनामा सङ्गीतकार भीम बिसीद्वारा सङ्गीतबद्ध गीतमा स्वयम् बिसी र गायिका सरु गौतमको सुमधुर स्वर रहेको छ । सङ्गीत संयोजनचाहिँ पुष्कर सुनुवारको रहेको छ ।

सुन्दर लोकेशनमा छायाङ्कन गरिएको गीतको भिडियो दीपक एम सिंहले निर्देशन गरेका हुन् । भिडियो छायाङ्कन दीपक गिरीले गरेका छन् । सम्पादन अमृत चापागाईंको रहेको छ । भिडियोमा दिनेश कठायत ‘काजी’ र रजिना बिष्टको अभिनय रहेको छ ।

 

‘सहारा हौ’  नामक म्यूजिक भिडियाे याहाँ सुन्न सकिन्छ