'अस्तव्यस्त काठमाडौं, प्रदूषण, बाटाघाटाहरूकाे बिचमा पर्यटकहरूलाई कुन खालको अभियान ल्याउँदै छौँ ?'

'अस्तव्यस्त काठमाडौं, प्रदूषण, बाटाघाटाहरूकाे  बिचमा पर्यटकहरूलाई कुन खालको अभियान ल्याउँदै छौँ ?'

सागरराज शर्मा  |  दृष्टिकोण  |  माघ ८, २०७६

नेपालको पर्यटन सन् १९५३ मा हिलारी र तेन्जिङले सगरमाथा चढेपछि बल्ल नेपाल ‘पपुलर’ भएको थियो । त्यहाँबाट साँच्चिकै त्यो ‘इभेन्ट’ सुरु भएको मान्न सकिन्छ । तर, प्रश्न यहीँबाट सुरु हुन आउँछ । 

आज पनि ‘भिजिट नेपाल’ भनेर मन्त्री नै स्वयं नै लागेर यस अभियानलाई लिड गरिरहनुभएको छ । तर, पनि हामीले नेपाललाई ‘माउन्ट एभरेस्ट’को देश र बुद्धको देशबाहेक अरू कसरी चिनाउन सक्यौँ ? आज पनि हामी किन यति धेरै सिस्टमहरू परिवर्तन भइसके ।  हामीले ‘ब्रान्डिङ’ गर्न सिकाएन छौँ अझै पनि नेपालमा । 

यो ‘२०२० इज अ वर्ल८ अफ अपर्चुनिटी ट्रान्जेस्ट स्टार्ट फ्रेङिकिङ अबाउट हाउ टु ग्रान्ड नेपाल, विलोङ माउन्ट एभरेस्ट एण्ड विलोङ द बर्थ प्लेस अफ बुद्ध’ त्यो एउटा कुरालाई मात्र देखाइएको छ । त्यो हामीले गर्व गर्न सक्ने पहिचान त हुँदै हो । 

अर्थ–राजनीतिको कुरा गर्दा हाम्रो सरकारले लिएको नारा ‘समृद्ध नेपाल  सुखी नेपाली’ छ । त्यसमा हामी यत्रो एउटा ‘पोलिटिकल रेगुलेसन’लाई पार गरेर आफ्ना उद्देश्यहरूलाई केही उपलब्धि गरेर अब समृद्धिको एउटा नयाँ फड्को मार्ने बेला आएको छ । यो हामी सबैले महसुस गरेको हो । त्यसमा हामी सायद सबै जना सबै सेक्टरबाट लागिरहेका पनि छौँ । 

पर्यटन उद्योगलाई मात्र हेर्ने हो भने टुरिजमको विकास कसरी भएको छ ? त्यो ‘टुरिजमको व्यालेन्स’ कहाँ गइरहेको छ ? हामी नेपालीहरूमा सुखी नेपाली हुनका लागि टुरिजमको उपयोग कति गरेका छौँ ? समृद्ध नेपाललाई टेवा पुर्‍याएको होला ? सुखी नेपालीलाई टेवा पुर्‍याएको छ कि छैन ? अब बाँकी छ कि छैन ? अलिकति यसैमा सोचौँ । 

‘इनक्लोजिङ टुरिजम’ भएको छ कि छैन ? कहाँ केन्द्रित भएको छ ? हामीलाई थाहा छ, विभिन्न देशमा बहस सुरु भइसकेको छ । हामीले त्यसका पनि विभिन्न आयामहरू थप्न लागिपरेका छौँ । त्यसका बारेमा पनि कुरा गर्नेछु तर टुरिजमको फाइदा कसरी वितरण भइरहेका छन् ? किनभने ‘भिजिट नेपाल, २०२०’ भने पनि यो सन् २०२० मा सीमित हुने कुरा होइन । 

१४० वटा देशहरूलाई तुलना गरेर हेर्दा नेपाल कहाँ छ भनेर खोज्दा १०२ मा परेको रहेछ । १४० मा १०२ स्थानमा नेपाल परेको रहेछ । पहिलो नम्बरमा कस्ता देशहरू छन् ? स्पेन, फ्रान्स, जर्मनी रहेछन् अनि साउथ एसियामा बंगलादेश र पाकिस्तानभन्दा माथि रहेछौँ हामी । 

खुसीको कुरा के छ भने मन्त्रीले नै यो १० वर्षे योजना हो, यसलाई १० वर्षे अभियानको रूपमा लैजानेछु भनेर प्रतिवद्धता देखाइसक्नुभएको छ । त्यसैले सन् २०२० त आई नै सक्यो तर २०३०, २०४० पनि सोच्नुपर्ने बेला हो यो । त्यसबेलामा कस्तो टुरिजमलाई अगाडि लगेर जाने भन्ने कुरा र त्यो टुरिजमको फाइदा कसले पाउने ? भन्ने कुरा आवश्यक छ । अलिकति टुरिजमको डेटा हेर्नुभन्दा पहिले नेपाल समग्रको डेटा हेर्दाखेरि ‘रिसेन्ट वर्लड एण्ड भ्यू प्वाइन्ट’ले के देखाएको छ भने जीडीपी ग्रोथ एकदम सन्तोषजनक छ । 

त्यसैले यो सन् २०१९ मा नै ७.१ ग्रोथ गरेर धेरै समय तीन र चारमा अड्किरहेको, एक प्रतिशत, दुई प्रतिशतमा अड्किरहेकामा बल्लबल्ल चार पुगेर हामीले हल्ला गर्ने भएका छौँ । अहिले २–३ वर्ष भयो, ६–७ प्रतिशत देखाउन थालियो । त्यो एकदम पोजेटिभ छ । त्यसमा नेपाल सरकारको प्रतिवद्धता पनि देखिन्छ । अलिकति राजनीतिक स्थिरता र दायित्व आएको भएर हामीले यो मार्केटलाई पनि विश्वस्त पारेको भन्ने पनि बुझिन्छ । 

फाइनान्स सेक्टरको कुरा गर्दा त्यो पनि बढ्दो छ । अलिकति बैंक लोनको कुरा गर्दाखेरि बैंकिङ, फाइनान्सियल सेक्टरमा फाइदाहरू त छन् तर अलिकति स्थिर नै छन् । तर, पनि यति धेरै दिक्दार हुने बेला आइसकेको छैन । 

एयरपोर्टकै कुरा गर्ने हो भने पनि सन् २०१८ मा भन्दा पनि सन् २०१९ मा अलिकति ‘इनपुट’ घटेको हो । त्यसैले व्यापार घाटा अलिकति भए पनि घटेको जस्तो देखिएको छ । हामीले केही गरेरै घटेको हो वा होइन, त्यो बहस गरौँ । 

त्यो के कारणले घटेको हो, त्यो कुनै कारणले घटेको हुन सक्छ । त्यस कारण २–४ वटा सकारात्मक पक्षहरू त्यसमा देखिएको छ । नेपालको विकासका यी सूचकहरू पनि हेर्ने हो भने यही अर्को ३–४ वर्ष ६–६.५ प्रतिशत जीडीपी कसरी बनाउने र अगाडि बढ्ने भनेर सोच्नु छ । विश्व बैंकले पनि यसलाई आँकलन गरेको छ । अर्को ४–५ वर्षमा किन ६.५ जति रहन्छ भन्ने एउटा मूल कारण के हो भने, यो रिपोर्टले ‘भिजिट नेपाल इयर’लाई पनि साइन गरेको छ । ‘भिजिट नेपाल, २०२०’का कारणले नयाँ इन्टरनेसनल एयरपोर्ट बन्ने कारणले, अरू विभिन्न देशहरूसँग ‘कनेक्टिभिटी’ बढेका कारणले र त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएकाले त्यो आँकलन दिएको छ । 

कुरा आउँछ विकास कहाँ सूचक भए ? कस्तो विकास हामीले खोजेको हो त ? कस्तो विकासको अनुभूति हामीले गरिरहेका छौँ ? र, त्यो टुरिजमसँग कसरी जोडिन्छ ? 

अस्तव्यस्त काठमाडौं, प्रदूषण, बाटाघाटाहरू हामी सबैले अनुभूत गरिरहेका छौँ । यस्तो अवस्थामा हामीले के गर्न सक्छौँ ? पर्यटकहरूलाई तान्न हामी खोजिरहेका छौँ तर पर्यटकहरू आउनेवित्तिकैदेखि उनीहरूले गलोबल रिपोर्टमा यस्ता सूचकहरू पढेर नेपाल आएका हुन्छन् । यसका लागि त आएका पक्कै होइनन् । तर, आउँदा आउँदै उनीहरूले देखेको कुरा यो हो । 

त्यसमा हामीले कुन खालको अभियान ल्याउँदै छौँ ? भनेर प्रश्न गर्न आवश्यक छैन । टुरिजमकै आफ्नो डेटा हेर्ने हो भने हामी एकदम उत्साहपूर्वक लागिरहेका छौँ । धेरै समाचारमा आए । तर, बाहिर कतिको पुग्यो त्यो त बाहिरकै मान्छेहरूले भन्नेछन् । डेटा हेर्दाखेरि यति उत्साहजनक हुँदाहुँदै पनि सन् २०१९ को एक हप्ता अगाडिको डेटामा सन् २०१९ मा सन् २०१८ भन्दा पनि १.७५ प्रतिशत पर्यटकहरू घटेछन् । ११ लाख ५२ हजार पर्यटकहरू सन् २०१९ मा आएका रहेछन् ।

यसभन्दा बढी सन् २०१८ मा थिए । दुई प्रतिशतजति बढी थिए । केही नयाँ इभेन्टहरू छैनन् । नयाँमा हामीले त्यसको प्रारूप, स्वरूप क्यारेक्टर्सलाई चेन्ज गरेको सुनेका छैनौँ । त्यो एकदम महत्त्वपूर्ण बहसको विषय हो । हामीले आजको दिनमा आवश्यक ‘ब्राण्डेड टुल्स’ प्रयोग गरेका छौँ कि छैनौँ ? सोेसल मिडियाको जमाना छ । अहिले मिडिया मार्केटिङ भनेको ठूलो भइसक्यो । संसारभर नै छ । त्यो सही तरिकाले प्रयोग गर्न अझ पनि आवश्यक छ । यसपालि धेरै भएको छ  । 

सीएनएन, बीबीसी आदिमा श्रीलंका र भियतनामको टुरिजमको राम्रो एउटा गीत आएको हुन्छ । सीएनएन भनेको संसारभर पुगेको हुन्छ । जुनसुकै होटलमा बसेर हेर्दा पनि सीएनएन हेरिन्छ । हामी त्यहाँ जान नसकेका हौँ कि कुराकानी नभएको हो कि ? स्रोत नै नभएको हो कि ? यस्ता कुराहरू पनि होलान् । अलिकति सोसल बन्ने कुरा पनि आएको छ । 

जेट एयरवेज हामीलाई थाहा छ, हिजो पपुलर थियो । एकदमै आउँथ्यो तर अहिले रोकियो । एयर एसिया पनि । दुईवटा एयरलाइन्सले उडान रोके भनेर हाम्रो टुरिजम घट्ने ? यस्तो कहिलेसम्म ? त्यहाँ एउटा प्रश्न गर्नुपर्ने आवश्यकता छ जस्तो लाग्छ । 

धेरै टुरिस्टहरू राख्ने कम्प्लेन के हो ? भनिराख्न भन्दा पनि हामी आफैँले राम्रो गर्न सकिरहेका छैनौँ । अहिलेको एयरपोर्ट पहिलेको सम्झने हो भने धेरै राम्रो भइसक्यो । तर, पनि आउँदा आउँदैको एउटा प्रभाव पर्ने इन्टरनेसनल एयरपोर्ट  एउटा मात्र हो । 

१०–१२ वर्ष पहिले कस्तो थियो ? त्यसपछि ‘ओभर नाइट’ जस्तो भए पनि कसरी हुन्छ ‘टार्गेट’ गरेर इन्टरनेसनल च्यानलहरू खुला गर्नु जरुरी छ । किनभने फस्र्ट इम्प्रेसनबाट आउँदोरहेछ धेरैजसो । अर्को कुरा, किन पर्यटक घटे होला त भन्दा नेपाललाई चिनाउँदै जाँदाखेरि ‘ग्लोबल इमेज’ कस्तो छ भन्ने हो । ग्लोबल इमेजमा टुरिजमसम्बन्धी एउटा ग्लोबल डेभ्लपमेन्ट फोरम जनेभाबाट निकाल्छ, त्यो रिपोर्ट ट्राभल एण्ड टुरिजम कम्पिटिटिभ्स रिपोर्ट भन्छ । त्यो वर्ल्ड टुरिजमबाट निकाल्छ वार्षिक रूपमा । त्यसमा सन् २०१९ मा १४० वटा देशहरूका विभिन्न सूचकलाई लिएर तुलना भइरहेको छ । 

तिनीहरूलाई कम्युनिटीमा लैजान सक्नुपर्छ । कम्युनिटीमा वेस टुरिजमको आवश्यकता छ । त्यसैले यो नेपाल भ्रमण वर्ष, २०२० लाई महत्त्वपूर्ण अवसरको रूपमा लिन सकिन्छ । ‘भिजिट नेपाल, २०२०’ पूर्वाधार विकास गर्ने अवसर हो ।

१४० वटा देशहरूलाई तुलना गरेर हेर्दा नेपाल कहाँ छ भनेर खोज्दा १०२ मा परेको रहेछ । १४० मा १०२ स्थानमा नेपाल परेको रहेछ । पहिलो नम्बरमा कस्ता देशहरू छन् ? स्पेन, फ्रान्स, जर्मनी रहेछन् अनि साउथ एसियामा बंगलादेश र पाकिस्तानभन्दा माथि रहेछौँ हामी । 

त्यहाँ कसरी त्यत्रो र्‍याङ्किङ आयो त भन्दा त्यहाँका टुरिस्टहरूको धारणा कस्तो छ ? वातावरण कस्तो छ ? जस्ता कुराहरूलाई एकदम ध्यान दिइएको छ । ‘बिजनेस इन्भाइरोमेन्ट’ कस्तो छ ? सुरक्षा कस्तो छ ? स्वास्थ्य र खाद्य सुरक्षा कस्तो छ ? यस्ता कुराहरूलाई हेर्ने रहेछ । 

त्यसमा सूचना प्रविधिमा नेपाल निकै अगाडि रहेछ । अहिले आईसीटीलाई प्रयोग गर्न खोजेको भनेर सूचक आएको छ तर सबैभन्दा कम २० मा स्वास्थ्य र खाद्य सुरक्षा, सुरक्षा र व्यापार तल्लो २० मा छ । एकदमै कममा छ । 

त्यसैले सूचकाङ्कहरू हाम्रा आफ्नै आँखा अगाडि देखिन थालिसकेका छन् । अर्को कुरा, कस्ता टुरिस्टहरू कहाँबाट आएका छन् भन्ने कुरा हो । पशुपतिनाथ, मुक्तिनाथ जाने टुरिस्टहरू इन्डियाबाट आएका छन् । हामीले देखिरहेका छौँ । त्यसरी आउने टुरिस्टहरूको अपेक्षा, आवश्यकता, व्यवहार सबै कुरा फरक हुन्छ । त्यसैले हामीले यावत् कुराहरूलाई हेर्ने गर्नुपर्छ । 

उनीहरूलाई दिने कुरा छ कि छैन हामीसँग ? कुरा त्यहाँ आउने रहेछ । उनीहरूलाई दिने शैलीमा हामी तयार छौँ कि छैनौँ ? भन्ने कुरा त्यहाँ आउने रहेछ । तथ्यांक हेर्ने हो भने चीनबाट धेरै पर्यटकहरू आउने रहेछन् । उनीहरूको फेरि आफ्नै विशेषता छ । ग्रुपमा बढी आउँछन् । ग्रुप–ग्रुप भएर घुम्न जाने (पोखरा, चितवन), सपिङमा जाने । 

मैले जापानमा एक वर्ष बिताउने अवसर पाएको थिएँ । मैले त्यहीँ अध्ययन गरेँ । त्यहाँबाट आउनेलाई हामीले के बेच्न सकिरहेका छौँ ? पहिला आउनेले के किन्थ्यो ? त्यस्तै, एउटा हातमा लगाउने, ब्याग आदि भए हुन्थ्यो उसलाई । तर, अहिले टुरिस्टहरूको आवश्यकता र चाहना भिन्न भइसकेको छ । 

त्यसमा हामीले विचार गर्नुपर्छ । सबै टुरिस्ट एउटै हुँदैनन् । हामीले ब्राण्डिङ कसरी गर्ने भन्ने हुनुपर्छ । काठमाडौंलाई विर्सनुहुँदैन । नेपालको टुरिजम हुँदाखेरि हामी हिमाल जान्छौँ, पोखरा जान्छौँ, लुम्बिनी जान्छौँ, सबै ठाउँ जान्छौँ तर काठमाडौंलाई भएरै जान्छौँ । 

काठमाडौं त आउनै पर्छ जोकोही टुरिस्टलाई पनि । काठमाडौंमा हालत कस्तो छ यहाँको ? उनीहरू कस्तो ‘इम्प्रेसन’ लिएर जान्छन् ? 

नेपालको चैत्ते र चिवालाई यति उच्च स्थानमा राखेको छ तर चैत्ते र चिवा हराए काठमाडौंबाट । देखिन छोड्यो । हामीलाई मनपर्ने चिज हामीले पाउन छाड्यौँ भने टुरिस्टलाई के हेर्न आइज भन्ने ? हामीले त्यसैलाई संरक्षण गर्न सकेनौँ । 

कस्तो सत्कार गरिरहेका छौँ हामीले ? टुरिस्टलाई कस्तो व्यवहार गर्नु पर्छ भन्नेमा धेरै बहस भइसकेको छ, धेरै लेखिइसकेको छ । टुरिजमले कल्चरलाई बिगार्नुहुँदैन । हामी संवेदनशील हुनुपर्छ । यी बहसहरू धेरै भइसके तर मैले यसलाई अर्को पाटोबाट हेर्न चाहेँ । हामीले कस्तो सत्कार दिएका छौँ ? तर टुरिस्टहरू ठगिएका कुराहरू आइरहेका छन् । 

यसले इथिकल हस्पिटालिटीमा हामीले ध्यान पुर्‍याउन सकेका रहेनछौँ कि अझ पनि यो एकदम आवश्यक रहेछ । किनभने टुरिजम त हामीले २० वर्ष, ३० वर्ष अगाडि लैजानु छ अनि हामीले इथलिकल टुरिजममा कुरा गर्ने हो भने यो कसरी जान्छ ? 

तर, तिनीहरूलाई कम्युनिटीमा लैजान सक्नुपर्छ । कम्युनिटीमा वेस टुरिजमको आवश्यकता छ । त्यसैले यो नेपाल भ्रमण वर्ष, २०२० लाई महत्त्वपूर्ण अवसरको रूपमा लिन सकिन्छ । ‘भिजिट नेपाल, २०२०’ पूर्वाधार विकास गर्ने अवसर हो ।

सफा नेपाल, सुखी नेपाली पनि हुन सक्ला नि ! सफा नेपाल, सुखी नेपाली भनेर मन्त्रीलाई जोडिदिन म आग्रह पनि गर्छु । सफा नेपाल नभईकन नपाली नै सुखी हुँदैन अनि टुरिस्ट कसरी सुखी हुन्छ ? 

हामी साँच्चिकै समृद्ध नेपाल र सुखी नेपाली बन्नलाई १०–२० वर्षको अभियानलाई लिएर अगाडि बढाउनुपर्छ भन्ने मलाई लाग्छ ।

(नेपाल वैकल्पिक अध्ययन समाजको समकालीन विमर्श शृङ्खला– १७ मा २०७६ माघ ५ गते आइतबार काठामाडौँ विश्वविद्यालयका सागरराज शर्माले ‘समृद्धिमा पर्यटनको अर्थ– राजनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै राख्नुभएको धारणाको सम्पादित अंशलाई आलेखका रूपमा प्रस्तुत गरिएको छ ।)