२०२०मा पर्यटककाे स‌ंख्या र भौतिक पूर्वाधार निर्माणकाे सन्दर्भ

२०२०मा पर्यटककाे स‌ंख्या  र  भौतिक पूर्वाधार  निर्माणकाे सन्दर्भ

लेखनाथ भण्डारी  |  दृष्टिकोण  |  माघ ९, २०७६

हामीले टुरिजमले कुल गार्हस्थ उत्पादनमा कति योगदान गर्‍यो ? रोजगारीमा कति योगदान गर्‍यो ? र, हाम्रो गरिबी निवारणमा कति गर्‍यो भन्नेमा धेरै छलफल गर्‍यौँ । यो जुन विषय छ, यसमा हामीले छलफल गर्न आवश्यक पनि छ । एउटा बहसको विषय पनि हो ।

फ्रान्सको पेरिसमा घुम्न जाँदा एउटा ट्राभल एजेन्सीले बाहिर लेखेको थियो, ‘७ नाइट ८ डेज प्याकेज टुर टु हवाइ ७ हन्ड्रेड युरो ।’ सात सय युरोमा पेरिसबाट हवाइ, होटल, फुडसहित भएको प्याकेज थियो । हामीकहाँ त यहाँ आउनु मात्रै हो । पेरिसबाट काठमाडौं र काठमाडाै‌ं बाट पेरिस मात्रै जाने हो भने झण्डै एक हजार युरोभन्दा बढी खर्च हुन्छ ।

‘लेट्स स्टार्ट ट्रेकिङ इन द टुरिजम फर द नाइस अफ इन्टरनेसनल एयर टिकेट्स ।’ हजार युरो तिर्नेवित्तिकै विदेशीहरू के सोच्छन् ? ‘नेपाल इज एन एक्स्पेन्सिभ कन्ट्री’ अर्थात् नेपाल निकै महँगो देश हो भन्ने सोच्छन् । अमेरिका जान ७ सय युरोको प्याकेजसहित पाउँछन्, हामीकहाँ हजार युरो त टिकटलाई मात्र तिर्नुपर्छ ।

मूल्यले पनि असर पार्छ । यसका निम्ति त हामीले भौतिक पूर्वाधार राम्रो बनाउनुपर्ने आवश्यकता छ । म यसमा जोड्न चाहान्छु, हाम्रा लागि पूर्वाधार सबैभन्दा महत्त्वपूर्ण विषय हो अहिलेका लागि । टुरिजम र ‘भिजिट नेपाल, २०२०’मा धेरै टुरिस्ट ल्याउनका लागी वास्तवमा भन्दा अहिले बन्दै गरेका तीनवटा राष्ट्रिय गौरवका आयोजनामा टुरिजमका लागि पूर्वाधार छन् ? गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट नेपाल सरकारले चाँडोभन्दा चाँडो गर्न कोसिस गरिरहेको छ ।

काम अगाडि बढिरहेको छ । हामी आशा गरौँ, यो सन् २०२० भित्र सम्पन्न हुनेछ र यसले पनि विदेसी पर्यटकहरूलाई सस्तो भाडा प्रदान गर्न सक्नेछ । दोस्रो, पोखरा इन्टरनेसनल एयरपोर्ट हो । यसको सम्पन्न गर्ने समयसीमा १० जुलाई २०२१ हो ।

यसमा माननीय मन्त्री पनि लागि रहनुभएको छ । यो एयरपोर्ट बनाउने कुरामा तैपनि नेपालमा काम सुस्त नै भइरहेको छ । यसो हुनुमा कतिपय कारणहरू पनि छन् । भूकम्पका कारणदेखि अरू कारणहरू पनि छन् तर यो किन ढिला भएको छ भन्ने कुरामा एउटा पब्लिक वहस पनि आवश्यक छ । यो काम चाँडो होस् भन्ने पनि छ । हामी पनि त्यही कुरामा छौँ ।

नेपालको ‘लाइफ लाइन’ भनेको निजगढ इन्टरनेसनल एयरपोर्ट हो । अहिलेसम्म हाम्रो त्रिभुवन इन्टरनेसनल र पोखरा इन्टरनेसनल एयरपोर्ट र गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट कुनै पनि पूर्ण अन्तर्राष्ट्रिय एयरपोर्टहरू बन्दै छैनन् ।

मलाई लाग्छ, सरकाले पनि यसमा अलिकति बजेट छुट्याएर हाम्रा विश्वविद्यालयका उत्पादनहरूलाई जिम्मा दिएर अन्य अनुसन्धानका लागि काम गर्नुपर्छ । रिसर्च आवश्यक छ, यसमा हामी अलिकलि फोकस गरौँ र हाम्रो ‘अल्टरनेटिभ प्रस्पेक्टिभ’को एथिकल टुरिजमलाई हाम्रो अनुकूल बनाउदै जान सक्छौँ ।

५००–८०० जना प्यासेन्जर बोक्ने सिंगापुरबाट साङ्घाई उड्ने वा जापानको टोकियोबाट न्यूयोर्क पुग्नेजस्ता जहाजहरू हाम्रो टीआई वाइडबडी हुँदैन । त्यस कारण हामीले निजगढ इन्टरनेसनल एयरपोर्टलाई छिटो बनाउनुपर्ने आवश्यकता छ । यसमा नेपाल सरकार हाम्रा मन्त्रीज्यूले पनि एकदमै यसलाई फोकस गरेर लागिरहनुभएको छ ।

यही कुरालाई हामीले सम्पन्न गर्न सक्यौँ भने मात्र हामीले मूल्यको कुरामा, उदाहरणका लागि ५०० युरोमा लण्डनबाट काठमाडौं टु लण्डनको टिकट हामीले ठूला जहाज आए भने मात्र हामीले दिन सक्छौँ । यसले ‘रिजनल कनेक्टिभिटी’ र ‘रिजनल टुरिजम’मा सहयोग पुग्छ ।

यसबीचमा हाम्रो राष्ट्रिय छबिलाई कायम राख्ने कुरा छ । टुरिजममा केही उतारचढावहरू पनि आए । उदाहरणका लागि यसभन्दा पहिला स्वर्गीय माननीयमन्त्री रवीन्द्र अधिकारी हुँदा उहाँले त्यो उतार चढावले नेपालको अन्तर्राष्ट्रिय छबि बिग्रियो भनेर उहाँले यसलाई बन्द गरिनुपर्छ भनेर कारबाहीको ‘मनिटरिङ मेकानिजम’ विकास गर्दै जानुभएको हो ।

केही एजेन्सीहरू कारबाहीमा पनि परे । यो कुरालाई सरकारले नियमित राख्नुपर्छ । हस्पिटलहरू र रेस्टुराँहरूले जथाभावी डिल गर्ने कुराले पनि हाम्रो पर्यटन उद्योगमा एउटा नराम्रो खालको प्रभाव पारिरहेको छ । त्यस कारण एउटा ‘एथिकल प्रोडक्ट कन्डक्ट’मा ध्यान दिनु जरुरी छ ।

सामानको प्राइस ट्याग छैन अनि उनीहरूले आफू ठगिएको महसुसुु गर्छन् । त्यस कारणले हाम्रो उद्योगले, मन्त्रालयहरूले, हाम्रा निकायहरूले मूल्यमा पूर्ण संहिता बनाउन आवश्यक देखिन्छ ।

त्यस्तै, नेपालको टुरिजमले कतिसम्म हाम्रो कुल गार्हस्थ उत्पादनमा योगदान गर्छ ? भन्दा हाम्रो परंपरागत अनुसन्धानले लगभग तीन प्रतिशत भन्छ । यो तीन प्रतिशत भनेको त दुई हजार ट्राभल एजेन्सीहरूमध्ये विदेशी मुद्राको लाइसेन्स लिएका १५ ट्राभल एजेन्सीहरूले विदेशी मुद्रा राष्ट्र बैंकमा जम्मा गरे अनि त्यो पैसा मात्रै टुरिजम मन्त्रालयले हिसाब गर्छ ।

मलाई लाग्छ, सरकाले पनि यसमा अलिकति बजेट छुट्याएर हाम्रा विश्वविद्यालयका उत्पादनहरूलाई जिम्मा दिएर अन्य अनुसन्धानका लागि काम गर्नुपर्छ । रिसर्च आवश्यक छ, यसमा हामी अलिकलि फोकस गरौँ र हाम्रो ‘अल्टरनेटिभ प्रस्पेक्टिभ’को एथिकल टुरिजमलाई हाम्रो अनुकूल बनाउदै जान सक्छौँ ।

(नेपाल वैकल्पिक अध्ययन समाजको समकालीन विमर्श शृङ्खला– १७ मा २०७६ माघ ५ गते आइतबार काठामाडौँ विश्वविद्यालयका सागरराज शर्माले  प्रस्तुत  गर्नु भएकाे ‘समृद्धिमा पर्यटनको अर्थ– राजनीति’ विषयक कार्यपत्र  माथि टिप्पणी गर्दै पर्यटन व्यावसायी लेखनाथ भण्डारीले राख्नुभएको धारणाको सम्पादित अंशलाई आलेखका रूपमा प्रस्तुत गरिएको छ ।)