साउदी राजकुमारले अमेजनका संस्थापकको फोन किन ह्याक गरे ?

साउदी राजकुमारले अमेजनका संस्थापकको फोन किन ह्याक गरे ?

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ ९, २०७६

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको एउटा ह्वाट्सएप म्यासेजबाट विश्वकै सबैभन्दा धनी जेफ बेजाँसको फोन ह्याक भयो । भलै सुन्दा यो निकै दुखद् लाग्छ तर यो सही हो ।

द गार्जियन र फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार साउदी राजकुमार सलमानले एउटा भिडियो सन्देश पठाएपछि अमेजनका संस्थापक जेफ बेजाँसको फोन ह्याक भयो । यो पूरा घटनाक्रमलाई साउदी पत्रकार जमाल खसोगी हत्याकाण्डसँग पनि जोडेर हेरिएको छ ।

जेफ बेजाँसको फोन ह्याक गर्ने काम पनि इजरायली फर्म एनएसओले तयार पारेको पेगासस स्पाइवेयरका माध्यमबाट भएको थियो ।

भारतमा पनि नगत वर्ष यस स्पाइवेयरको प्रयोग गरेर ह्वाट्सएपका माध्यमबाट डाटा चोरिने गरेको बाहिर आएको थियो । करिब दुई दर्जन प्राज्ञिक जगतका मानिस, वकिल, दलित अभियन्ता र पत्रकारका फोन यसमा थिए ।

रिपोर्टका अनुसार बेजाँसको फोन ह्याकपछि त्यसमा रहेका डाटा ट्रान्सफर गरिएको थियो । यस कार्यमा सलान स्वयं सहभागी थिए किनकि उनलाई यसमा के भइरहेको छ भन्ने शंका थिएन ।

बेजाँसको अखबारमै जोडिएका थिए जमाल खसोगी

बुधबार जारी संयुक्त राष्ट्र संघको रिपोर्टमा पनि बेजाँसको फोन ह्याक भएको पुष्टि गरिएको छ । अमेजनका संस्थापक जेफ बेजाँस त्यही वासिङ्टन पोस्टका मालिक पनि हुन्, जसमा पत्रकार जमाल खसोगी जोडिएका थिए ।

भनिन्छ कि साउदी सरकारका आलोचक रहेका खसोगीको हत्याको मामलामा राजकुमार सलमानको नाम पनि लिइरहिएको छ ।

आखिर बेजाँसमाथि के भएको थियो ?

जेफ बेजाँसको फोन अघिल्लो वर्ष पनि ह्याक भएको थियो । अहिलेसम्म उनको फोन ह्याक गर्ने तरिका प्रस्ट भएको छ र यो पूरा मामलामा राजकुमार सलमान व्यक्तिगत रूपमा सहभागी थिए ।

भनिन्छ कि बेजाँसले फेब्रुअरी २०१९ मा एउटा ब्लग लेखेर अमेरिकी मिडिया इङ्कका डेविड पैकरद्वारा ब्ल्याकमेल गरेको उल्लेख गरेका थिए ।

डेविड पैकर नेसनल इन्क्वायरर नामबाट ट्याब्लोइड निकाल्छन् । यस ट्याब्लोइडले जेफ बेजाँसले उनकी प्रेमिका लाँरेन साँचेजलाई पठाएको निजी म्यासेज छापेको थियो ।

यस कथित ब्ल्याकमेल पछाडि साउदी अरबलाई लिएर वासिङटन पोस्टको रिपोर्टिङ थियो, जबकि पैकरको अखबार साउदीको शासनको निकट छ ।

बेजाँसले आफै जुटाए डाटा चोरीको जानकारी

आफ्ना व्यक्तिगत जानकारी सार्वजनिक भएपछि बेजाँसले सुरक्षा विज्ञ गाविन डे बेकरको सहयोग लिए । मार्च २०१९ मा बेकरले एउटा अखबारमा लेखेको पोस्टमा दाबी गरेका थिए कि बेजाँसलाई यी निजी सन्देश र अन्य चिजबाट उनको फोन ह्याक हुने आशंका छ ।

टर्कीमा रहेको साउदी दूतावासमा गरिएको थियो खसोगीको हत्या

वासिङ्टन पोस्ट र हत्याको सिकार बनेका उसका स्तम्भकार जमाल खसोगी साउदी अरबका आलोचक मानिन्छन् ।

खसोगीको टर्कीको इस्तानबुलमा रहेको साउदी दूतावासमा हत्या गरिएको थियो ।

अमेरिकास्थित साउदी दूतावासले ट्विटरमा लेखेको छ, ‘मिडिया रिपोर्टमा जेफ बेजाँसको फोन ह्याकमा साउदी शासनको हात रहेको कुरा गरिएको छ । यो बेकारको आरोप हो । यस दाबीबारे हामीले छानबिनको आदेश दिएका छौँ ताकि सही तथ्य बाहिर आओस् ।’