थिमी चोकमा सेभ स्माइल डेन्टल केयरको नयाँ किल्नीक सञ्चालनमा

थिमी चोकमा सेभ स्माइल डेन्टल केयरको नयाँ किल्नीक सञ्चालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १०, २०७६

काठमाडौँ । भक्तपुरकाे  मध्यपुर थिमी नगरपालिका वडा नं ४ स्थित थिमी चोकमा सेभ स्माइल डेन्टल केयर सम्बन्धी नयाँ र अत्याधुनिक किल्नीक २०७६ माघ ९ गते बिहिबारबाट सञ्चालनमा ल्याइएको छ । 

तीन युवा चिकित्सकहरु डा. एकराज चटौत, डा. प्रविणकमार कार्की र डा. निरोज महर्जन सञ्चालक रहेकाे केयर स्थानीय ग्लोबल बैकसँगै रहेको र उक्त सेन्टरमामा अत्याधुनिक  डिजिटल प्रविधिबाट दाँत तथा मुखको उपचार गर्ने व्यवस्था मिलाइएको सञ्चालक  चिकित्सक डा. प्रवीणकुमार कार्कीले जानकारी दिनुभएको छ । 

स्थानीय समाजसेवी हेमन्तकुमार कार्कीले पानसमा बत्ती बालेर शुभारम्भ गर्नुभएको डेन्टल केयर बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालनमा रहने छ ।   सेवा सुुभारम्भको अवसर पारेर एक महिनासम्म निःशुल्क परीक्षण र सम्पूर्ण उपचारमा २० प्रतिशत  छुट दिइएको पनि जानकारी दिइएको छ ।