'पर्यटकको सुरक्षा छैन मात्र भन्ने ? के हो सुरक्षा भनेको ? यहाँ शत प्रतिशत सुरक्षा छ !'

'पर्यटकको सुरक्षा छैन मात्र भन्ने ? के हो सुरक्षा भनेको ? यहाँ शत प्रतिशत सुरक्षा छ !'

योगेश भट्टराई  |  दृष्टिकोण  |  माघ १०, २०७६

आजकल हामीलाई जतिसुकै भने पनि मुसुक्क हाँस्नुबाहेक अरू कुनै विकल्प छैन । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री भएको हुनाले यो कार्यक्रममा मलाई बोलाउन उपयुक्त होला भनेर नै मलाई बोलाउनुभएको होला ।

सरकारको एउटा प्रतिनिधि, जसले यो कामको नेतृत्व गर्दै छ, एउटा राजनीतिक व्यक्तिले यो कामको नेतृत्व गर्दै छ, त्यस कारण हाम्रा छलफलहरू पनि उसलाई सुनाऔँ र सरकारको योजना पनि के छ भनेर अलिकति सुनौँ भनेर बोलाउनुभएको होला भन्ने मलाई लाग्छ ।

कार्यपत्र प्रस्तोताको हिसाबले सागर सरले निकै महत्त्वपूर्ण विचारहरू यहाँ राख्नुभएको छ । त्यो कुरा हाम्रो नेपाल सरकारका लागि पनि आगामी दिनमा कतिपय हाम्रा नीतिहरूलाई बदल्नका निम्ति, नयाँ नीति बनाउनका लागि, नयाँ नीति बनाउने सिलसिलामा यी उहाँका सुझावहरू, उहाँका तथ्याङ्कहरू हामीलाई काम लाग्नेछन् । त्यस कारण उहाँलाई धन्यवाद भन्न चाहन्छु ।

हाम्रो आजको पर्यटन क्षेत्रको अवस्था, त्यसले अर्थतन्त्रमा पुर्‍याएको योगदान, हाम्रा पूर्वाधारहरूको अवस्थालगायतका कुरामा उहाँले जोड दिनुभएको छ । केही अन्तर्राष्ट्रिय तथ्याङ्कहरू पनि उहाँले प्रस्तुत गर्नुभयो । ती तथ्याङ्कहरू हामीले ध्यान दिनुपर्ने कुराहरू छन् भने कतिपय हामीले विचार पुर्‍याउनुपर्ने पनि हुन सक्छन् ।

जहाँसम्म यो सन् २०१९ मा कति पर्यटकहरू नेपालमा आए ? अहिले नै यसको ठ्याक्कै आधिकारिक रूपमा डाटा कसैले पनि निकालेको छैन । तर, हामीले अध्यागमनसँग लिएको डाटा पछिल्लो दिनमा ११ लाख ९७ हजारको छ । यो भनेको झण्डै १२ लाख टुरिस्टहरू गएको साल नेपालमा आएका देखिन्छ ।

यो डाटाको हिसाबले हेर्ने हो भने गएको सालभन्दा त्यसको ठूलो संख्यामा घटेको पनि होइन । झण्डैझण्डै उस्तै जस्तो छ, अलिकति बढेको अवस्था हो । तर पनि हामीले जुन अपेक्षाका साथ यसमा संख्या बढ्ला भन्ने सोचेका थियौँ, त्यो बढेको छैन ।

त्यसका केही कारणहरू छन् । एउटा महत्त्वपूर्ण कारण हामीले यसबीचमा एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्टलाई पुनर्निर्माण गर्‍यौँ । त्यसको २१ घण्टापछि इन्टरनेसनल फ्लाइट आवर स्वाट्टै घट्यो । त्यो अति आवश्यक थियो किनभने झण्डै २५–३० वर्षदेखि नेपालको अन्तर्राष्ट्रिय विमानस्थल ‘रिह्याविलेसन’ भएको थिएन । कुनै पनि बेला खतरनाक दुर्घटना हुन सक्थ्यो । त्यो कुरालाई ध्यान दिएर हामीले त्यो काम सम्पन्न गर्‍याै‌ं ।

पर्यटकको बसाइ लम्ब्याउने खालको रहेनछ । प्रत्येक वर्ष एक– डेढ लाख नयाँ रोजगारीहरू पर्यटनको क्षेत्रबाट सिर्जना गर्नुपर्छ भन्ने लक्ष्यसहित हामी १५औँ पञ्चवर्षीय योजनामा चलिरहेका छौँ । त्यसलाई नै सपोर्ट गर्नका लागि त्यसलाई सहयोग पुर्‍याउनका निम्ति नेपाल भ्रमण वर्ष, २०२० हामीले घोषणा गरेका हौँ ।

त्यो काम पनि भनेको समयभन्दा १०८ दिन पहिले भयो । छिट्टै हामीले सम्पन्न गर्‍यौँ । त्यो हिसाबले भन्ने हो भने निकै महत्त्वपूर्ण काम हामीले गर्‍यौँ । अब हाम्रो इन्टरनेसनल एयरपोर्ट २१ घण्टा सुचारु भएको छ र २४ घण्टासम्म नै चल्नका निम्ति पनि यो योग्य छ ।

यदि कुनै एयरलाइन्सहरूले हामी राती २ बजे, ३ बजे वा बिहानको ४ बजे पनि फ्लाइट गर्छौं भने आजको दिनमा त्यो सहयोग दिन सक्छन् । साथै पर्यटकहरूको आउने संख्या भनेको मूलतः कनेक्टिभिटीसँग जोडिन्छ । त्यो भनेको विशेषगरी हवाई सम्पर्कहरू नै सबैभन्दा महत्त्वपूर्ण करा हुन् ।

अहिले हाम्रो अन्तर्राष्ट्रिय एयरपोर्ट, जसले वार्षिक ७२ लाख प्यासेन्जरहरूलाई सेवा दिइरहेको छ, यसको अधिकतम क्षमता ८५ लाखदेखि ९० लाखसम्म छ । अहिले नेपालमा हवाई यात्रुहरूको वृद्धि दर वार्षिक १३ प्रतिशत छ, जुन एसियामा ७ प्रतिशत छ । आजको ट्रेनमा नेपालमा हवाई यात्रुहरूको संख्या प्रत्येक वर्ष बढिरहेको छ ।

किनभने हाम्रो मध्यम वर्ग बढिरहेका छन् साथै एयरलाइन्सहरूको संख्या पनि बढेको छ । अरू विभिन्न कारणले पनि मान्छेको व्यस्तताले, अनेक कारणले आर्थिक अवस्थामा आएको सुधारले पनि हवाई यात्रुहरूको संख्या वार्षिक हिसाबले बढी नै रहेको छ । यो बढेको अवस्था हेर्ने हो भने अब हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलले थाम्न सक्ने समय भनेको बढीमा एकदेखि डेढ वर्ष हो । त्यसभन्दा बढी यसले थाम्दैन ।

त्यस कारण अब हामी तुरुन्त अर्को काठमाडौंसँग नजिक अर्को अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माणतिर नगईकन हामीलाई सुख छैन । त्यस कारणले निजगढ हाम्रा लागि एउटा निर्विकल्प परियोजना हो । यसमा हामीले जानै पर्छ ।

गौतम बुद्ध विमानस्थल सन् २०२० को मध्यबाट सञ्चालनमा आउँछ । त्यसले केही न केही हामीलाई सपोर्ट गर्छ । पोखरा विमानस्थल सन् २०२१ बाट सञ्चालनमा आउँछ । त्यसले पनि हामीलाई सपोर्ट गर्छ । पर्यटकहरू आउने संख्या बढाउने काममा पनि त्यसले सपोर्ट गर्छ भन्ने मलाई लाग्छ ।

आज नेपालको सन्दर्भमा संविधानमा नै हामीले यो उल्लेख पनि गरेका छौँ । विशेष गरेर संविधान नै दिगो विकासको लक्ष्य त्यसपछि दिगो पर्यटन, पर्यावरण पर्यटन, गुणात्मक पर्यटनलगायतका कुराहरूलाई हाम्रो संविधानले पनि जोड गरेको छ । किनभने संविधानमा यस पटक नयाँ निर्देशक सिद्धान्तहरू पनि राखेका छौँ । साथै १५औँ पञ्चवर्षीय योजनाको अवधिमा हामी चलिरहेका छौँ । यो १५औँ पञ्चवर्षीय योजनाले केही निश्चित कुराहरू पर्यटनको क्षेत्रमा उल्लेख गरेको छ  । एउटा पूर्वाधारमा यसले विशेष जोड दिएको छ साथै यसले केही लक्ष्यहरू किटान गरेको छ । अहिलेको सरकारी डाटाअनुसार ३ प्रतिशत जीडीपीको योगदान रहेको छ । यद्येपी यो बढी पनि हुन सक्छ । सरकारको डाटाबाट ३ प्रतिशत योगदान गरेको छ भनिएको छ । यो १५औँ पञ्चवर्षीय योजना सम्पन्न हुँदा हामी १० प्रतिशत त जीडीपीमा जान्छौँ भन्ने एउटा लक्ष्य किटान गरेको छ ।

आज ४४ डलर प्रति पर्यटक खर्च भइरहेको छ । यो अत्यन्तै न्यून हो । यति कम खर्चले हामीले ठूलो आर्थिक समृद्धि पर्यटनको क्षेत्रमा हुन्छ भन्ने कुरा गर्न सकिँदैन । त्यस कारण त्यसलाई कमसे कम ८० डलरसम्म पुर्‍याउनुपर्छ भन्ने लक्ष्य छ ।

पर्यटकको बसाइ लम्ब्याउने खालको रहेनछ । प्रत्येक वर्ष एक– डेढ लाख नयाँ रोजगारीहरू पर्यटनको क्षेत्रबाट सिर्जना गर्नुपर्छ भन्ने लक्ष्यसहित हामी १५औँ पञ्चवर्षीय योजनामा चलिरहेका छौँ । त्यसलाई नै सपोर्ट गर्नका लागि त्यसलाई सहयोग पुर्‍याउनका निम्ति नेपाल भ्रमण वर्ष, २०२० हामीले घोषणा गरेका हौँ ।

यो नगरेको भए पनि हुने थियो किनभने अहिले १२ लाख आएको ठाउँमा केही नहुँदा पनि १५ लाख पुग्थे होला । किनकि हाम्रा केही स्थितिहरू सुधारिएका छन् । संघीयताका कारण राम्रो भएको छ किनकि नेपाल लामो समय एउटा राजनीतिक अस्थिरतामा, आन्तरिक द्वन्द्वमा फसिरहेको अवस्थामा अहिले हामी त्यसबाट माथि उठ्यौँ । संविधान निर्माण गर्‍यौँ, ४० हजारभन्दा बढी जनप्रतिनिधि आज क्रियाशील रहेको अवस्था छ ।

तीन तहका सरकारहरू छन् । त्यही सरकारप्रति जनता जवाफदेही छन्, उत्तरदायी छन् र संविधानले निर्दिष्ट गरेका संस्थाहरू एकपछि अर्को गर्दै निर्माण हुँदै छन् र ती क्रियाशील हुँदै छन् ।

यसले नेपाललाई राजनीतिक स्थायित्वतिर पनि लैजाँदै छ । यो पर्यटनको क्षेत्रमा धेरै राम्रो संकेत हो । यसका कारणले पर्यटनको संख्या मात्र पनि बढाउँदैन, परोपकार पनि त्यसले बढाउँदै लैजानेछ ।  

दोस्रो कुरा, नेपाल अहिले चाहे अन्तर्राष्ट्रिय वित्तीय संस्था हुन् अथवा हाम्रा नेपालमा लगानी गरेका हाम्रा मित्र राष्ट्रहरू हुन्, नेपालमा लगानी गर्नका निम्ति एक किसिमको प्रतिस्पर्धा पनि छ साथै लगानीकर्ताहरू नेपालमा लगानी गर्नुपर्छ भनेर उत्सुकताका साथ निजी अथवा वैदेशिक लगानीकर्ताहरू पनि नेपालमा आकर्षित भइरहेका छन् । त्यो पनि हाम्रो पर्यटनका निम्ति आगामी दिनमा एउटा राम्रो सन्देश हो भन्ने मलाई लाग्छ ।

पर्यटन पूर्वाधारको कुरा गर्दा आज क्वालिटीका बारेमा हामी बहस गर्न सक्छौँ । हाम्रा सडकहरूको अवस्थाका बारेमा त अलिकति राम्रो छैन, अलिकति क्वालिटीको हिसाबले सडकहरूको सुविधा अथवा सडकको पहुँच हिजोभन्दा आज बढेको छ । यो धेरै राम्रो कुरा हो ।

अर्को कुरा, ५३ वटा आन्तरिक एयरपोर्टहरू नेपालमा छन्, डोमेस्टिक एयरपोर्टहरू । ती एयरपोर्टहरूले विभिन्न दुर्गमदेखि, पहाडी इलाकादेखि हिमाली भेग र तराई–मधेसका विभिन्न ठाउँमा ती एयरपोर्टहरू चलेका छन् । त्यसले पर्यटकहरूको आवत–जावतमा एक किसिमको सहजता प्रदान गरेको छ । यो हाम्रो अर्को एउटा अनुकूल अवस्था हो ।

अर्को चौथो कुरा के हो भने, नेपालप्रति अन्तर्राष्ट्रिय चासो विभिन्न ढंगले परिरहेको छ । अहिले नै मिडियाहरूका छलफल नै हो भने पनि ठूला शक्ति राष्ट्रहरू नेपालप्रति कुनै न कुनै हिसाबले नेपालको सन्दर्भमा उनीहरूको ध्यान आकर्षण भएको देखिन्छ । चाहे एमसीसीको बहस होस्, मोदीजीले आयोजना गरेका प्याकेजका घोषणाहरू यी कुराले के देखिन्छ भने ठूला राष्ट्रहरू पनि नेपालप्रतिको चासो बढेको हामीले महसुस गरेका छौँ । यो पनि एउटा पर्यटन प्रवद्र्धनका लागि सकारात्मक  कुरा हो ।

त्यसभित्रका अनेक पक्षहरूका विषयमा बहस गर्न सकिएला, कुनै बेला अर्कै टपिक्समा तर पर्यटनमन्त्रीको हिसाबले हेर्ने हो भने यो एउटा पोजेटिभ कुरा हो भन्ने मलाई लाग्छ । किनभने नेपाल कहाँ छ त ? भन्ने कुरा एमसीसीमा बहस गर्ने अन्तर्राष्ट्रिय समुदायले पनि नेपाल उल्लेख गर्ने भयो नि !

नेपाल कहाँ छ त ? भन्दा चीनको बीआरआई प्रोजेक्टका बारेमा बहस गर्नेले पनि बुझ्ने कुरा भयो नि ! एउटा पर्यटनमन्त्री भएको हिसाबले मलाई त्यो फाइदा भयो । त्यो राम्रो कुरा हो । त्यसका विषयवस्तुहरूका बारेमा त पछि अलग्गै हामी बहस गर्न सकिएला । तर, यो अर्थतन्त्रमो एउटा राम्रो संकेत हो ।

यहाँ पर्यटकको सुरक्षा छैन मात्र भन्ने ? के हो सुरक्षा भनेको ? यहाँ शत प्रतिशत सुरक्षा छ । यही उदाहरण दिनुहोस् न, कोम्बोडियाको युद्धमा कति पर्यटक मरे ? श्रीलंकामा कति मरे ? आज हरेक नेपाली अमेरिकाको ग्यास स्टेसनमा मरिरहेका छन् । त्यो हामी देख्दैनौँ अनि यहाँ पर्यटकलाई के सुरक्षा छैन ? सबैमा सुरक्षा छ ।

साथै हवाई पूर्वाधारहरू थपिँदै छन् । त्यसले पर्यटनको कुरा बढाउँछ । पर्यटनको क्षेत्रमा विविधताकहरू पनि थपिँदै छन् । हिजो हिमाल हेर्न आउने यिनै कुरालाई हामीले प्रचार पनि त्यही गर्‍यौँ । हाम्रा पोस्टरहरू पनि त्यही नै बनायौँ त अहिले हामी भन्दै छाै‌ं कि पर्यटन क्षेत्रमा पनि त व्यापक विविधता छ नि !

पर्यटन क्षेत्रमा सिजनको कुरा गर्छन् मान्छेहरूले । विन्टर सिजन अथवा अर्को सिजन भन्ने गर्छन् । मलाई के लाग्छ भने नेपालको सन्दर्भमा यो सिजनको केही पनि अर्थ छैन । किनभने नेपाल सम्पूर्ण सिजनका लागि पर्यटकीय हिसाबमा त्यतिकै महत्त्वपूर्ण छ । आज विन्टर सिजनमा आउने पर्यटकहरूको लुम्बिनीमा गएर आउन सक्छ, जनकपुरमा गएर रमाउन सक्छ, सुदूरपश्चिमको कञ्चनपुरको आरक्षण तराई–मधेसमा हुन्छ, त्यसमा रमाउन सक्छ र तराई–मधेसमा आजको मौसम पर्यटनका निम्ति अनुकूल मौसम हो ।

भोलिको समर सिजनमा आउलान हिमाल छन्, पहाड छन्, काठमाडौं उपत्यका छ । यी तमाम छन् । त्यसैले नेपाल पर्यटनको हिसाबले यो सिजन नेपालका लागि पर्यटन सिजन हो भन्ने कुरालाई हामीले इन्कार गर्नुपर्छ । त्यो होइन, नेपाल सबै सिजन पर्यटनका लागि अनुकूल छ भन्ने कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु ।

अर्थ राजनीतिक अध्ययन कोणबाट पनि आजको छलफल भइरहेको सन्दर्भमा यसले हाम्रो आर्थिक, सामाजिक क्षेत्रमा के प्रभाव पार्ला त पर्यटनको क्षेत्रमा ? किनभने सरकार, राज्यले नै नेपालको अर्थतन्त्रको मुख्य आधारको रूपमा कृषि, पर्यटन, जलस्रोत आदि कुरालाई मुख्य प्राथमिकतामा राखेको छ ।

भनेपछि पर्यटन एउटा मुख्य प्राथामिकताको कुरा हो । किन पनि हो भने, यसले एकातिर मान्छेहरूलाई आजीवन रोजगारीको रूपमा उसलाई कायम राख्न सक्छ । एउटा हाइड्रोेपावर बन्छ । जब त्यो हाइड्रोपावर सेक्टर ग्रिडमा सेक्टर लाइनमा जोडेर त्यसलाई हजारौँ मान्छेले काम गर्न सक्छन् । तर, जब त्यो जोडिन्छ, त्यहाँ रोजगारीको संख्या घटेर जान्छ ।  अर्को क्षेत्रमा गए पनि त्यस्तै हुन्छ तर पर्यटन क्षेत्र त्यस्तो हो कि त्यसले एउटा युवा अवस्थादेखि वृद्ध अवस्थासम्म निरन्तर त्यो मान्छेलाई त्यस क्षेत्र    मा इङ्गेज गरिरहेको हुन्छ, त्यो हामीले देखिरहेका छौँ ।

दोस्रो, हामीले विदेसी मुद्राका आर्जन गर्छ र वैदेसिक मुद्राहरू सञ्चितीलाई यसले बढाउँछ । वैदेसिक मुद्रा सञ्चितीको एउटा महत्त्वपूर्ण स्रोत पर्यटन हो । तेस्रो कारण व्यापार घाटा, जुन व्यापक ढंगले हामीले आज सामना गरेर हिँडेका छौँ, त्यो व्यापार घाटाको सन्तुलन पनि पर्यटन क्षेत्रबाट जति सजिलो र छिटो हुन्छ, अरू क्षेत्रबाट त्यति छिटो र सजिलो हुँदैन ।

त्यस कारण यो व्यापार घाटाको हिसाबले पनि हामीले हेर्न सक्छौँ । देशको वर्गीय हिसाबले हेर्ने हो भने पनि जसरी वर्गहरू विभाजित छन्, मध्यम वर्ग छ, तल्लो वर्ग छ । त्यो तल्लो वर्गलाई मध्यम वर्गमा उठाउने र मध्यम वर्गकालाई माथिल्लो वर्गमा उठाउने एउटा आधार पनि यो पर्यटन क्षेत्र हो ।

त्यस कारण पनि आर्थिक असमानताबाट पनि मुलुकलाई मुक्त गराउन पनि पर्यटनले महत्त्वपूर्ण भूमिका खेल्छ । अर्को, सामाजिक असमानताहरू छन् । खासगरी एउटा सामन्ती हाइरार्कीले बनाएका संरचनाहरू जातीय तथा अन्य  संरचनाहरू, ती संरचनामा पनि पर्यटनले हस्तक्षेप गर्छ र त्यसले जातीय असमानताहरूलाई कम गर्छ । किनभने जुनसुकै जातिहरूले पनि एउटा राम्रो होटल चलाए भने, ट्राभलहरू चलाए, राम्रो होमस्टेहरू चलाए, राम्रा गन्तव्यहरू बढाए भने त त्यहाँ पर्यटकहरू जान्छन् ।

जब उसको आर्थिक अवस्था पर्यटन क्षेत्रबाट माथि आउँछ भने त्यसले सामाजिक असमानतालाई स्वतः घटाउँछ । एउटा धनी दलितलाई हेर्ने दृष्टिकोण र गरिब दलितलाई हेर्ने दृष्टिकोण नै फरक छ हाम्रो । त्यस कारण यसले एउटा जातीयताका सामाजिक असमानताहरूलाई पनि हटाउँछ ।

विकासमा जुन हामी क्षेत्रीय सन्तुलनको कुरा गरिरहेका छौँ, जब पर्यटनलाई देशव्यापी हामी बनाउँछौँ, पूर्वदेखि पश्चिमसम्म, हामीसँग कुनै एक ठाउँमा पनि सीमित प्रोजेक्टहरू छैनन् । पूर्वमा जाने हो भने हिमालहरू पनि त्यतिकै छन् र संस्कृतिका कुरा पनि त्यतिकै छन् ।

तराईमा हुनुहुन्छ भने, प्रदेश २ मा जनकपुर छ, सिम्रौनगढ छ, छिन्नमस्ता छ । उता, अनेकखालका सांस्कृतिक, धार्मिक पर्यटकीय स्थलहरू छन्, निकुञ्जहरू छन्, आरक्षण क्षेत्रहरू छन् । तराईमा पनि आफ्नो खालको प्रोडक्ट छ । मध्यमा हुनुहुन्छ भने त्यस्तै छ । गण्डकी प्रदेश, उता कर्णाली प्रदेश र सुदूरपश्चिममा जाँदा पनि त्यतिकै पर्यटनको हिसाबले संभावना भएका ठाउँहरू छन् । यसले हाम्रो क्षेत्रीय विकासलाई पनि एउटा सन्तुलनमा ल्याउन सक्छ । त्यस कारण राजनीतिका कुराहरूमा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मलाई लाग्छ ।

हामीले सुधार भइरहेका कुराहरूलाई पनि देख्नुपर्छ । हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजो जस्तो छैन । त्यसको सेवामा हिजोभन्दा आज सुधारिएको छ । त्यसको सरसफाईमा पनि सुधार भएको छ ।

इमिग्रेसन हिजोभन्दा आज सुधार भएको छ । सेवाहरू पनि छिटो छन् । यो दाबाका साथ मैले भन्छु । त्यस कारणले यी कतिपय कुराहरू चेन्ज भएका छन् ।

इथिक्स अफ हस्पिटालिटीको सन्दर्भमा नेपाल दुनियाँमै सबैभन्दा अगाडि छ । अन्नपूर्णमा थुप्रै पर्यटकहरू हिउँ पहिरोमा परे हामीले तुरुन्तै उद्धार गर्‍यौँ, लगभग सबैलाई । सात जना मान्छेहरू हराइराखेका छन्, तीबाहेक हामी सबैलाई पोखरालगायतका सुरक्षित स्थानमा यति छिटो ल्याइसकेका छौँ । यो हाम्रो रेसपोन्स हो नि !

हिजो चिनियाँहरू चढेर गएको बस नारायणघाटमा पुग्दा नपुग्दा दुर्घटनामा पर्‍यो । हामीले तुरुन्तै हाम्रो मेकानिजम प्रयोग गरेर उद्धार गर्‍यौँ । हस्पिटल लगेर उपचार गरायौँ । सकुसल उनीहरूलाई होटलसम्म पुर्‍याएर छाड्यौँ । हाम्रो ‘क्विक रेसपोन्स’ छ कुनै पनि कुरामा किनकि हामी सचेत छौँ कि यो कुराले हाम्रो अन्तर्राष्ट्रिय स्तरमा इमेज नबिग्रियोस् ।
कतिपय दबाब हामीमाथि छन्, त्यो अनावश्यक झेल्न नपरोस् भनेर पनि हामीले सोचिरहेका हुन्छौँ । अर्को छिट्टो हामीले कुनै पनि काम सम्पन्न गर्‍यौँ भने त्यसबाट हाम्रो अन्तर्राष्ट्रिय इमेज बिग्रिँदैन र सकारात्मक रूपमा जान्छ भन्ने पनि छ ।

कतिपयले पर्यटकको सुरक्षाका कुरा गर्छन् । नेपालको जतिको सुरक्षित पर्यटन दुनियाँमा कहीँ पनि छैन । म यो तथ्यको आधारमा भन्छु । १० वर्षको जनयुद्धको बेला १७ हजार नेपालीहरू मरेका हुन् । माओवादी सशस्त्र जनयुद्धमा राज्यको र विद्रोहीको आक्रमणका घटनामा एउटा पनि पर्यटक मरेन । यो कुरा हामीले किन नभन्ने ? तपाईंहरू जस्तो विद्वान साथीहरूले ।

 

प्रधानमन्त्रीजीले भनेको जस्तै ‘समृद्ध नेपाल सुखी नेपाली’को आधार पर्यटन हो भन्ने २०२० ले एउटा आधार हामी बनाउँछौँ । २०२० सँगै यो सकिँदैन । त्यस कारण म यो मन्त्रालय आएसँगै भनेको छु यो २०२० सन् २०–३० सम्म १० वर्षको एउटा प्याकेज हो । पर्यटनको क्षेत्रमा पूर्वाधारहरू कसरी बनाउने ? जनशक्ति नै छैन । आज त्यो जनशक्ति कसरी बनाउने ?

हाम्रो उत्पादनसँग पयर्टकहरूलाई कसरी जोड्ने ? जहाँ विदेशी वा अन्यत्रबाट आयात भएका वस्तुहरू उपयोग गरेर हामीले पर्यटकहरूलाई हस्पिटालिटी दिइराखेका छौँ भने अब त्यसमाथि बहस गरेर त्यहाँ हामीले हेर्नुपर्‍यो । त्यस कारण अब हामीले नीति बनाउँदै छौँ ।
मेरो गाउँमा, म नेपालको विकट गाउँको मान्छे हुँ, आज पनि एउटा अमेरिकी, बेलायती महिला एक्लै घुम्दै छन् । त्यसमाथि कसैले प्रश्न गर्दैनन् । उनीहरू पूर्ण सुरक्षित छन् । म विद्वान साथीहरूलाई के भन्छु भने, टिप्पणी गर्नु पनि राम्रो हो, हामी स्वीकार गर्छौं र त्यसलाई हामी सच्याउँदै पनि जान्छौँ तर राम्रा कुराहरू पनि गर्नुपर्छ ।
यहाँ पर्यटकको सुरक्षा छैन मात्र भन्ने ? के हो सुरक्षा भनेको ? यहाँ शत प्रतिशत सुरक्षा छ । यही उदाहरण दिनुहोस् न, कोम्बोडियाको युद्धमा कति पर्यटक मरे ? श्रीलंकामा कति मरे ? आज हरेक नेपाली अमेरिकाको ग्यास स्टेसनमा मरिरहेका छन् । त्यो हामी देख्दैनौँ अनि यहाँ पर्यटकलाई के सुरक्षा छैन ? सबैमा सुरक्षा छ ।

जस्तो होमस्टेको नीति बनाउँदै छौँ । होमस्टेको नीति बनाउँदा जुन होमस्टेले खाद्यान्नमा र पेयमा स्थानीय वस्तुहरूको उपयोग गर्दैन, त्यस्ता होमस्टेहरूलाई लाइसेन्स नै नदिए पनि हुन्छ । त्यो ग्यारेन्टी हुनुपर्छ कि त्यहीँको आलु पाउँछ, त्यहीँको दाल खुवाउँछ, त्यहीँको चामल खुवाउँछ र त्यहीँको रक्सी खुवाउँछ । यो प्रस्ट हुनुपर्छ । तब मात्र त्यसले त्यहाँको जनजीवनलाई प्रभावित गर्छ र हामीले आर्थिक जीवनसँग त्यसलाई जोडेर लगिन्छ । हामी त्यो नीति बनाउँदै छौँ । पाँचतारे होटललाई हामीले भनिरहेका छौँ, तिमीले अनिवार्य मेनुमा नेपाली फुड राख्नु भनेर भनेका छौँ । त्यो भन्नेवित्तिकै नेपाली खाद्य पदार्थहरू नै खोज्छ । उसको किचनमा त्यो कुरा हामीले जोड गरेका छौँ ।

साथै हिमालतिर आरोहण गर्ने अथवा कुनै पनि ठाउँमा घुम्ने पर्यटकहरूका निम्ति अनिवार्य गाइड नलगी घुम्न पाउँदैनौँ है भनेर हामी भनिरहेका छौँ । यो दुईवटा कारणले हो । एउटा त सुरक्षाको कारण र सूचनाहरू टिप्नका लागि र दोस्रो, त्यसले रोजगारी सिर्जना गर्छ । एउटा पर्यटकसँग एउटा हाम्रो गाइड जान्छ । यो अनिवार्य छ । गाइड नलगी किन कुनै पनि पर्यटक घुम्छ भने त्यसका लागि राज्य कम जवाफदेही हुन्छ ।

ती गाइडहरू पनि रजिष्टर्ड गाइडहरू हुन्छन् । तालिमप्राप्त गाइडहरू हुन्छन् । त्यसले रोजगारीसँग जोड्छ भन्ने मलाई लाग्छ । तीबाहेक अरू पनि थुप्रै कुराहरू हुन्छन् पछि पनि हामी छलफल गर्न सक्छौँ ।

मलाई लाग्छ कि यो सन् २०२० ले एउटा मनोविज्ञान बनाउँछ नेपालको पर्यटनको सम्बन्धमा । हाम्रो अर्थतन्त्रको, सामाजिकको सन्दर्भमा पनि र आर्थिक समुन्नतिको आधार पर्यटन हो भन्ने कुरालाई बढाउँछ ।

प्रधानमन्त्रीजीले भनेको जस्तै ‘समृद्ध नेपाल सुखी नेपाली’को आधार पर्यटन हो भन्ने २०२० ले एउटा आधार हामी बनाउँछौँ । २०२० सँगै यो सकिँदैन । त्यस कारण म यो मन्त्रालय आएसँगै भनेको छु यो २०२० सन् २०–३० सम्म १० वर्षको एउटा प्याकेज हो । पर्यटनको क्षेत्रमा पूर्वाधारहरू कसरी बनाउने ? जनशक्ति नै छैन । आज त्यो जनशक्ति कसरी बनाउने ?

हामीले पर्यटन विश्वविद्यालय बनाउने कुरा गरेका छौँ, पर्वतारोहण विश्वविद्यालयहरू बनाउने कुरा गरेका छौँ, म्यानपावर त्यो ढंगले हामीलाई चाहिएको छ । ती म्यानपावरहरूले उत्पादनदेखि लिएर उनीहरूलाई तालिम दिनेदेखि र त्यो पर्यटन, संस्कृति बनाउनेलगायतका कुरामा अन्तर्राष्ट्रिय बजारमा नेपाललाई चिनाउनका निम्ति यो २०२० त्यति पर्याप्त छैन । त्यस कारण २०–३० हामीले भनेका छौँ । मलाई लागछ, यस्ता छलफलहरूले यो अभियानमा पनि धेरै ठूलो महत्त्व राख्नेछन् ।

(नेपाल वैकल्पिक अध्ययन समाजको समकालीन विमर्श शृङ्खला– १७ मा २०७६ माघ ५ गते आइतबार काठामाडौँ विश्वविद्यालयका सागरराज शर्माले  प्रस्तुत  गर्नु भएकाे ‘समृद्धिमा पर्यटनको अर्थ– राजनीति’ विषयक कार्यपत्र  माथि टिप्पणी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राख्नुभएको धारणाको सम्पादित अंशलाई आलेखका रूपमा प्रस्तुत गरिएको छ ।)