वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा केशोर र बयरको माग बढ्दै

वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा केशोर र बयरको माग बढ्दै

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १२, २०७६

महोत्तरी । वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरी सहितका किसानलाई केशोर र बयरको माग पूरा गराउन अहिले भ्याइनभ्याइ भएको छ ।

सरस्वतीको पूजामा ती मीठो फल देवीलाई चढाउने र प्रसाद स्वरुप खाने परम्परा रही आएको छ । किसान अहिले केशोर खन्न, खनिएको फल धुन र बजार पु¥याउन व्यस्त देखिएका छन् । जिल्लाको बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरक्षेत्रमा व्यावसायिकरूपमा खेती गरिदैँ आइएको छ । बयरखेती गर्ने किसान पनि अहिले बयर टिप्न र बजार पु¥याउन व्यस्त छन् ।

‘बिहीबार नै श्रीपञ्चमी पर्व छ, बुधबार नै माग गरिएका ठाउँमा सामग्री पु¥याइदिनपर्छ’, महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका बयरखेती गरेका किसान दीपनारायण चौधरी थारूले भन्नुभयो, ‘के गरौँ बाबु, बयर बिक्ने बेला यही हो, पछि यसको खोजी खासै कसैले गर्दैनन् ।’ बयरखेती खासै नफस्टाए पनि बिघौँबिघा केशोरखेती गर्ने किसानचाहिँ प्रशस्त छन् ।

बर्दिवास– ६, ७, ८, ९ , १२ र १३ मा केशोर मुख्य खेतीकै रुपमा गर्ने गरिएको छ । नदी उकास जग्गाको बलौटे माटो भएको खेतबारीमा राम्रो फस्टाउने खेती भङ्गाहा, औरही र गौशाला नगरक्षेत्रमा गरेको देखिन्छ । वसन्तपञ्चमीमा बढी माग हुने गरेकाले अहिले खन्ने चटारो परेको बर्दिवास–७ का किसान पुष्प पौडेलले जानकारी दिनुभयो ।