समुदाय–प्रहरी साझेदारी कार्यक्रम

समुदाय–प्रहरी साझेदारी कार्यक्रम

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १२, २०७६

बारा । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालविवाह, दाईजो प्रथा, बहुविवाह विरुद्ध सडक नाटक सहितको सचेतना कार्यक्रम फेटा गाउँपालिका–३ स्थित बजारमा शनिबार सम्पन्न भएको छ ।
बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा बिरुद्ध सन्देशमूलक सडक नाटक प्रस्तुत गर्नुको साथै सो सम्बन्धी कानुनी व्यवस्थाका सम्बन्धमा प्रस्तुतिकरण गरिएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बिकासराज खनाल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका अन्तर्गत ७ वटै वडाका वडाध्यक्षहरु, जिल्लास्थित महिला संजालका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न स्कुलका प्रधानाध्यापकहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरु, बुद्धिजिवीहरु, अविभावक तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।