विज्ञानका आविष्कार वरदान हुन यिनलाई अभिशाप नबनाऊ

विज्ञानका आविष्कार वरदान हुन यिनलाई अभिशाप नबनाऊ

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  माघ १२, २०७६

विज्ञानले प्राविधिको विकास मानव जीवनलाइ सुविधा सजिलो र आराम पुर्‍याउनका साथै जीवन  उन्नत बनाउनका लागि गर्छ । अब मनुष्यमाथि निर्भर गर्छ उसले विज्ञानले विकसित गरेको प्रविधिको प्रयोग कुन प्रयोजनले गर्छ !

इतिहासमा एउटा रोचक प्रसंग छ ,धेरै प्रबुद्ध पाठकलाई यसबारे विदित नै होला । वैज्ञानिक एडिसनले डीसी विद्युतको आविष्कार गरिसकेका थिए, यसबाट उनले मनग्गे कमाई गरिरहेका थिए ।  यस्तैमा उनका पूर्व कामदार तथा साझेदार निकोला टेस्लाले ऐसी  विद्युत आविष्कार गरे । तीक्ष्ण बुद्धि भएका एडिसनलाइ थाहा थियो, निकोलाको ऐसी विद्युतले उनको डीसी विद्युतलाइ विस्थापित गरिदिन्छ । एडिसनले ऐसी विद्युतलाइ दुरुत्साहन गर्ने अनेको प्रयास गरे ,यहाँसम्म कि  कतिपय जनावरलाइ  ऐसी विद्युतको करेन्ट लगाई मारे, मानिसलाइ ऐसी विद्युतको झट्का दिएर यसको खतराबारे प्रचार गरे, उनले निकोलाको आविष्कारमाथि बन्देज लाउने हर संभव प्रयत्न गरे तर परिणाम तपाई सबैलाइ थाहा छ ,आज हामी ऐसी विद्युतको नै प्रयोग गरिरहेका छौ ।

आजको मितिमा कुनै अपराधी मानसिकता भएको मानिसले कुनै सर्व साधारणलाइ   ऐसी करेन्टको पाशोमा हालेर हत्या गर्छ भने त्यसको दोष निकोला टेस्लालाइ दिन सकिदैन । विद्युतको आविष्कार मनुष्यताको समग्र  विकासका लागी भएको हो ,कुनै कसैले यसको दुरूपयोग गरेमा दोषी दुरूपयोग गर्ने मानिस हो न कि विद्युत । 

नेपाल मै महावीर पुनले विकटका पहाड़ी भेगमा ड्रोनका माध्यमले औषधि पुर्याउने गरेको हामीलाइ थाहा नै छ ,यो त ड्रोनको प्रारंभिक रूप मात्रै हो , भविष्यमा ड्रोन टैक्सी, ड्रोन एम्बुलेंस नै प्रचलनमा आउछन । भविष्यमा हवाई यात्राको भरपर्दो सस्तो सुलभ साधन नै ड्रोन हुनेछ।

अर्को पनि सामान्य उद्धरण लिन सकिन्छ ,एनेस्थेसियाको आविष्कार मानिसको ज्यान बचाउनका लागि भएको हो,यस कै प्रयोगले ठुल ठूला  अप्रेसन  संभव भएका  हुन ।  कुनै डाक्टरले एनेस्थेसियाको 'ओभरडोज' दिएर व्यक्तिलाइ आप्रेसन टेबल मै मार्नसक्छ । दोष एनेस्थेसियाको होइन,न वैज्ञानिक आविष्कारको हो ।

विज्ञानका कुनै पनि आविष्कार मानिसलाइ हानि पुर्याउने  उद्देश्य राखेर गरिन्न । हो,यो बेग्लै कुरा हो ,कालांतरमा विज्ञानले गरेका आविष्कार गलत मानिसका हाथमा पुग्छन ,र ती गलत मानिसले यसको गलत उपयोग रप्रयोग गर्छन । गएको १०० वर्षदेखि विश्वले यही दारुण स्थिति भोग्दै आईरहेको छ भन्नुमा अत्युक्ति हुन्न ।

केहि दिन पहिलाको कुरा हो ,विश्वको सबैभन्दा ठूलो तेल उत्पादन गर्ने कम्पनी  आरामको  माथि हमला भयो । हमलामा ड्रोन प्रयोग भयो । ड्रोनको आविष्कार यस्ता कायरतापूर्ण हमला गर्नका लागी कदापि भएको होइन । यसको आविष्कारले समग्र  मनुष्यतालाइ यस्तो उचाईमा पुर्याउन सक्छ जसको अहिले हामी कल्पनासम्म गर्न सक्दैनौ ।

नेपाल मै महावीर पुनले विकटका पहाड़ी भेगमा ड्रोनका माध्यमले औषधि पुर्याउने गरेको हामीलाइ थाहा नै छ ,यो त ड्रोनको प्रारंभिक रूप मात्रै हो , भविष्यमा ड्रोन टैक्सी, ड्रोन एम्बुलेंस नै प्रचलनमा आउछन । भविष्यमा हवाई यात्राको भरपर्दो सस्तो सुलभ साधन नै ड्रोन हुनेछ।

तर पुरानो एउटा किंबदन्ती छ - 'कुनै पनि आविष्कार हुनसाथ त्यसमा शैतानले कब्ज़ा जमाउछ ।' ड्रोनसंग पनि यस्तै घटनाचक्र हुन थालेका छन ।

अमेरिकाको ओहियो शहरबाट ड्रोनको यस्तै दुरूपयोगको घटना प्रकाशमा आएको छ । ओहियोको यूक्लिड स्थित क्लीवलयान्ड शहरको कुयाहोगा काउन्टी जेलमा ड्रोन मार्फ़त मोबाइल तथा ड्रग्स सप्लाई भएको घटना प्रकाशमा आएको छ । यस घटनाको भिडियो नै सार्वजनिक भएको छ । भिडियोमा देखिन्छ,जेल भित्र क़ैदीहरु खेली रहदा माथी आकाशमा एउटा ड्रोन आएर केहि सामान खसाउछ,एउटा कैदीले खसेको वस्तुलाइ कपडाले छोपी उठाउछ र गएर कतै   लुकाउछ । जेलमा भएको सीसीटीभीमा यो सारा घटना क्रम रेकर्ड हुन्छ ।सुरक्षाकर्मीले खोजतलाशी गर्दा  मोबाइल र  ड्रग्स भेटिन्छ ।

महान वैज्ञानिक आइंस्टीनले  एक पटक कुनै प्रसंगमा भने क थिए- ब्रह्माण्ड अनन्तसम्म फैलिएको छ, यसको विशालताबारे  हामीलाइ अहिलेसम्म कुनै अनुमान छैन । तर म विश्वासका साथ भन्न सक्छु,  कुनै न कुनै दिन हाम्रा प्रयासले ब्रह्माण्डको अनन्तताको अन्तिम सीमाना ज्ञात हुन्छ  तर मनुष्य जातिको अज्ञानताको अनन्तता  भने सधै अज्ञात रहन्छ ,यसको अंतिम सीमाना कहिल्यै पाउन सकिदैन ।

अति प्रारंभिक चरणमा रहेको ड्रोनको यस्तो दुरूपयोगले  निकट भविष्य मै यसमाथि विश्व्यापी बन्देज लाग्ने बेर छैन । र , हास्यास्पद कुरा त के भने प्रतिबन्ध सर्व साधारणका लागि मात्रै हुन्छ , शक्तिशाली राष्ट्रले भने यसको दुरूपयोग गरिरहने छन ।