दोर्जे स्याङ्वो १ थान भरुवा बन्दुक सहित प्रहरी नियन्त्रणमा

दोर्जे स्याङ्वो १ थान भरुवा बन्दुक सहित प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १३, २०७६

काठमाडौं । सिन्धुपाल्चोक, जुगल गाउँपालिका–४ बाट भरुवा बन्दुक १ थान र करिब ५० ग्राम बारुद सहित सोही गाउँपालिका–२ निम्लुङ बस्ने ५० वर्षीय मेन दोर्जे स्याङ्वोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त बन्दुक र बारुद बोकी हिँडिरहेको अवस्थामा प्रहरी चौकी तेम्बाथानबाट खटिएको प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो । 

रुपन्देही, बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित चारपाला सामुदायिक वनमा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नयाँ गाउँबाट खटिएको प्रहरीले सो बन्दुक बरामद गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।