सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १३, २०७६

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ५०० रुपैयाँ पुगेको छ । 

गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ३०० रुपैयाँ ले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो । 

स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ ले वृद्धि भएको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला ९०० रुपैयाँ निर्धारण गरेको छ । माघमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि गत पुस २३ गते छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २००रुपैयाँ पुगेको थियो ।