कांग्रेसलाई 'बलियो बनाउन' सानेपामा कार्यकर्ताको कुस्ती अभ्यास !

कांग्रेसलाई 'बलियो बनाउन' सानेपामा कार्यकर्ताको कुस्ती अभ्यास !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १४, २०७६

प्रमुख प्रतिपक्ष, अझ नेपालको सबैभन्दा पूरानो राजनीतिक दल सम्बोधन पुगेन ? पुगेन भने अझै थपौ नेपालका धेरै आन्दोलनमा नेतृत्वदाही भूमिको दाबी गर्ने कांग्रेसलाई अहिले खिसिट्युरी गर्नेहरु दिन प्रतिदिन बढेका छन् ।

कांग्रेस निर्धो भएको कुरा चिया पसलमा मात्रै हैन पार्टी कार्यालय सानेपामा र संसद भवन वानेश्वरमा पनि सुनिने गरेको छ । के सुहाउला त यति पुरानो पार्टी कमजोर बन्न ? कहाँ सुहाउनु सुहाउँदैन त्यसैले भएको छ निरन्त अभ्यास । नेताले अभ्यास गरेर पुग्‍दैन कार्यकर्ताले पनि अभ्यास गर्नु पर्छ । भनाई छ नि हुने विरुवाको चिल्लो पात क्या !

याद नै होला केही वर्ष अघि चीनमा जस्तै उमेर पुगेका नागरिकलाई नेपालमा पनि सैनिक अभ्यास गराउने बहस चलेको थियो । तत्कालीन समयमा कांग्रेस नेताहरू यस्तो बहस ल्याउनेका प्रति निकै टिप्पणी गरेका थिए ।

हाहा उमेर पुगेका नागरिकलाई सैनिक अभ्यास रे । के देश युद्धमा अझै जादै हो र ?  यस्तै यस्तै कुरा सुनिन्थ्यो कांग्रेस नेताहरुको मुखबाट ।

कांग्रेस भाग्यमानी कार्यकर्ताहरू भने थुनामा जान परेको छैन । सुरक्षाकर्मिको अवरोधका कारण अप्रिय घटना हुन पनि परेको छैन । हुन बलियो कांग्रेस बनाउनको लागि गरिएका यस्ता अभ्यासमा दुई चार जना घाइते हुनु कांग्रेसको लागि समान्य कुरा नै होला ।

तर, कांग्रेसलाई अहिले भने पछुतो  उसका कार्यकर्ताले देखाएको जाँगरबाट लाग्छ होला । कतै सिंगो कांग्रेसलाई यस्तो नलागे पनि गुटगत कांग्रेसलाई भने अवश्य लागेको छ । त्यति बेला सैनिक अभ्यास दिइएको भएत कम्तीमा गुट बलियो बनाउन सकिन्थ्यो होला नि ?

कांग्रेसभित्र चर्चा पनि चल्ने गरेको सुनिन्छ गुटमा सिटौला कमजोर भएर पनि लडाकु भने बबाल तयार पारेको छ । दुई चार जना सभापति शेरबहादुर देउवा गुटका पनि खाइलाग्दा लडाकु छन् । त्यसैले बबाल भनिएका सिटौला पक्षधरका विद्यार्थीले पनि झापड पाउने गर्छन् । सोमबार मात्रै दुई-चार सट खाइ हाले ।

 एक तर्फ नेपाल विद्यार्थी संघको विधान कार्यान्वयनको माग गर्दै कुन्दनराज काफ्ले पक्षधर विद्यार्थीहरुले आमरण अनशन सुरु गरेका छन् आमरण अनुसनमा बसे पनि सिटौला पक्षका यी विद्यार्थी पिटाइ खान र पिट्न तयार देखिन्छ । यो काफ्लो समूहको विशेषताको रुपमा पनि हेरिन्छ । स्वाथ मिलेपछि सधै विधानका कुरा गरेर नथाक्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मिलेर पद लिने नीतिमा अघि बढेको देखिएको छ ।

पौडेलका लडाकु कम भएको कारण पनि रक्षात्मक अवस्थामा बसेको हुनु पर्छ । लामो समयदेखि अभ्यास गर्दै आएका देउवा पक्ष र सिटौला पक्षका विद्यार्थीहरूले केही नेतालाई अघि राखेर अहिलेसम्मको उपलब्धी देखाएका थिए ।
सायद यो उपलब्धी देखेर नेताहरू खुसी नै होलान् । कमजोर कांग्रेस गुटमा लड्न बलियो गराएर कम्युनिष्टसँग लड्न तयार हुदैछन् होला । सोमबार भएको कुस्ती तथा ठोकाठोकमा सभापति देउवा पक्षले चार पाँच पटक सिटौला पक्षका विद्यार्थीलाई छाटेको र दुई तीन पटक सिटौला पक्षले देउवा पक्षलाई छाटेको प्रत्यक्षदर्शीको भनाई रहेको छ ।
देउवा पक्षाका विद्यार्थीले सिटौला पक्षका विद्यार्थीलाई प्वाक्कै गालैमा हानेको उनीहरुले गुनासो गरेका छन् । सायद देउवा पक्षधरका विद्यार्थी पनि निरन्तर अभ्यासमा छन् होला । कुस्तीमा तथा हानहानको खेलमा सिटौला पक्षका कमल पन्त र लक्ष्मी बोगटी घाइते छन् । उनीहरूको सानेपाकै स्टार अस्पतालमा उपचार भइरहेको छ ।

बलियो देउवा पक्षले ब्यानर च्यात्ने र अनसनरत विद्यार्थीमाथी हातपात गर्ने काम गरेको जनाइएको छ । यस्तो कार्यको नेतृत्व  नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनोज बैद्य, विकास केसीलगायत रहेको सिटौला पक्षको गुनासो छ ।

केही दिनअघि मात्रै पोखरामा प्रदेश सांदस दिपक मनाङे मुक्‍का हानेको कारण थुनामा परेका त थिए । तर कांग्रेस भाग्यमानी कार्यकर्ताहरू भने थुनामा जान परेको छैन । सुरक्षाकर्मिको अवरोधका कारण अप्रिय घटना हुन पनि परेको छैन । हुन बलियो कांग्रेस बनाउनको लागि गरिएका यस्ता अभ्यासमा दुई चार जना घाइते हुनु कांग्रेसको लागि समान्य कुरा नै होला ।